Skip to content

आमाबाबुको मुख हेर्ने


बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् !

कृष्णाको दाजुको नाबालक छोरा आभुषणले “फुपू दिदी हजुरले आज किन हजुरबाको मुखमा लगेर मिठाइ खुवाइदिनु भएको” भने !

“आज तिमीहरूले आफ्नो बाबुलाई मीठा मीठा खानेकुरा खुवाएर राम्रा राम्रा लुगा दिएर मुख हेर्ने दिन हो नि त” आभुषणको हजुरआमाले भनिन् !

“हामीले बुबाको मुख त दिनहुं हेर्न पाइरहेका छौ नि अरु दिन हामीले आफ्नो आँखा बन्द गरेर बुबाको मुख नहेरेका छैनौ” आभुषणले भने !

“वर्षको एक दिन आमाको मुख हेर्ने दिन मातातीर्थे औसी र एक दिन बाबुको मुख हेर्ने दिन कुसे औसीको दिन पर्छ नि बाबु” हजुरआमाले भनिन् !

“त्यसो भए अरु दिन हामीले आमा र बाबुको मुख नहेरे भैहाल्यो नि त हुदैन” आभुषणले भने !

“अरु दिन आमा र बाबुको मुख नहेर्ने हो भने तैंले आफ्नो घर छाडेर अन्तै गएर बस्नुपर्छ कहाँ गएर बस्छस् त” आभुषणको हजुरबाले भने !

“मलाई हजुरबाले अन्त कुनै ठाउँमा अर्कै घर बनाइदिनु नि” म गएर बसिहाल्छु नि नाबालक बच्चा आभुषणले भने !

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *