Skip to content

घरीघरी तिम्रो तस्वीर


घरीघरी तिम्रो तस्वीर आउँछ आँखाभित्र
मौन एउटा चित्र स्थिर आउँछ आँखाभित्र

निश्चल निर्मल पानीमा प्रतिविम्ब नदेखिदा
बेचैनी र त्रास गम्भीर आउँछ आँखाभित्र

भन्दै त थिए यो झुटो बाचा नबाधौँ भनेर
धर्मार्थ प्रेम पुज्ने मन्दिर आउँछ आँखाभित्र

बगी जाने खोलीको किनारामा म छु तर
कहीं माया कहीं पीर आउँछ आँखाभित्र

ओभाएका परेलीले मुस्काएर डाकेदेखि
मुट र मायासँगै शरीर आउँछ आँखाभित्र

किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर -८ पालुखा
गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *