Skip to content

गुलाबको सुवासले गर्दा

PasupatiKarmacharya


गुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई
त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई

तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ
बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई

सुख दु:ख त जीवनमा आउने घाम छाया न हो
त्यही घाम ताप्न लाग्दा फेरि सम्झे तिमीलाई

अनुहार लाल लाल, कस्तो लजालु स्वभाव तिम्रो
त्यही लाजा बुझ्न खोज्दा फेरि सम्झे तिमीलाई

पशुपति कर्माचार्य

1 thought on “गुलाबको सुवासले गर्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *