Skip to content

भयो अब माया प्रेम


भयो अब माया प्रेमको, जाल नगर
यस्तै भयो समयले, सवाल नगर

तिमी लाग तिम्रै बाटो, म लाग्छु मेरै
मानिस भीडमा कतै, बबाल नगर

चहिन्न भो कुनै पनि, नासो त्यो तिम्रो
आउदिन म फेरि कुनै, कमाल नगर

खुशी छु म सधैं यहाँ, छैन कुनै चिन्ता
भत्काई सबै सपना जति, बेहाल नगर

रन्जना न्यौपाने
चरिकोट, दोलखा

4 thoughts on “भयो अब माया प्रेम”

  1. अनूदित कथामा कसरी यो कविता
    अनूदित कथामा कसरी यो कविता अाइलागेछ?

  2. गल्ती औंल्याइदिनुभएकोमा
    गल्ती औंल्याइदिनुभएकोमा धन्यवाद! सच्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *