Skip to content


कवि, नेता, गफाडी र हुतिहारा नपुंशक
विद्याबिहीन बैरागी धेरै धनी र निर्धन

कृपणी, दिलको छोटो, भेषधारी छलीसँग
सीपशील नभै नीच, शूरो, दरिद्रकासँग

दीर्घरोगी र बेकामे, बृद्ध, स्वाँठ, लूठोसँग
लागूपदार्थको भोगी, क्रूर-कोपी हठीसँग

कैल्यै विवाहसम्बन्ध नगाँस्नू ! यति सम्झिनू
नानी, विवाह हो ख्याल-ठट्टाजस्तो नसम्झिनू ।।

नरेन्द्र पराशर (छन्द :अनुस्टुप्)

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_7381.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *