Skip to content

नाइँ पनि भनिनौ तिमीले हुन्छ नि भनिनौ
समय बित्दै गयो तिमीले जवाब दिदै दिएनौ|
बढेका धड्कनहरु मुटुमा बिस्तारै व्यथा बनिदियो
बिस्तारै चाहनाहरु सबै मुर्झाए अब सम्झना मात्रै रह्यो||

डढेलो त दुईतिरै सल्केकै हो नि, त्यो भनिरहनु पर्दैन
मन-मन्दिरमा मलाई सजाएकै हौ, तिमीले ढाटिरहनु पर्दैन|
तिमि मुस्कुराउद बसन्तले बहार ल्याउन्थ्यो, कोइलिले गित गाउथ्यो
तिनै मुस्कानमा मं भुल्थे, फूलहरु फूलथ्यो||

शायद तिम्रो त्यो मौनतामा बाध्यता लुकेको थियो कि?
उत्कट मेरा इच्छाहरुले नजरअन्दाज पो गर्दियो कि?
दुई मुटुको धड्कन कतै एउटा हुन सकेन
तर जतिटाडा भए पनि तिमीलाई बिर्सनै सकिन||

तिमि टाडा भए पनि नजिक भए पनि
येत्रो ठुलो दुनियामा जाहीं भए पनि
फलोस फूलोस तिम्रो संसार सधै सधैभरि
पिर, व्यथा, दु:खसबै लगोस दैवले हरी|
पोल्टोभरि सुखै सुखहोस्, सधै शान्ति मनमा
सधै तिम्रो साथमा रहनेछ मेरो शुभ-कामना||

Leave a Reply

Your email address will not be published. Required fields are marked *