बर्षौंपछि मुहार उनको देखे मैले सपनीमा
मलाई छोडी नजाऊ भनी-छेके मैले सपनीमा
टिपेर त्यो गुलाबको फूल दिन्छु भन्दाभन्दै
चिप्लिएर काँडामाथि-टेके मैले सपनीमा
उनको मेरो सम्बन्धमा केही फाटो आए पनि
बिछोडको त्यो दुरीलाई-मेटे मैले सपनीमा
कुहु कुहु कोहीलीको मधुर त्यो भाकासगै
रंगी चंगी फुलबारीमा-भेटेमैले सपनीमा
दुई किनारको मायाँलाई संगीतमय बनाउन
उनको मनको सारंगीलाई-रेटे मैले सपनीमा
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
[email protected]