Skip to content

बिना अर्थ दिलमा सजाएँ तिमीलाई


न बिर्सें तिमीलाई न पाएँ तिमीलाई
विना अर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

आयौ समीपै जब तिमी निदरीमा
यो हलचल यो धड्कन सुनाएँ तिमीलाई

रमाएँ एकैछिन पछि आँसु झर्यो
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई

भयो आस रित्तो र यो मन निरास भो
अनि बेहोसीमै कराएँ तिमीलाई

अनायासै मेरो दुख्यो जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई

शब्द- विपिन किरण
स्वर- अञ्जु पन्त
संगीत- महेश खड्का

2 thoughts on “बिना अर्थ दिलमा सजाएँ तिमीलाई”

  1. ”अनायासै मेरो दुख्यो
    ”अनायासै मेरो दुख्यो जिन्दगीमा
    परेली भिजाई बगाएँ तिमीलाई”
    यति भावपूर्ण शब्दमाला अनि मिठो आवाज —कति मनपर्यो पर्यो –धन्यवाद रचनाकार अनि गायिकालाई—अनि ति मार्मिक शब्दजालहरुलाई लयमा भर्ने संगितकारको खुबीको प्रशंसा नगरी त कसरी बस्नु !!

  2. ठीक भन्नु भो आश्माजी, शब्द,
    ठीक भन्नु भो आश्माजी, शब्द, लय सबै राम्रो छ। गीत तल छ। अर्को कुनै भिडियोमा मिक्स् गर्या जस्तो छ छन चैं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *