मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सानो मुसा र ढाडे बिरालो
devicharan_bhandari — Mon, 12/01/2014 - 14:15
आँखामा निद्रा थिएन । घरि यता फर्कन्छु घरि उता फर्कन्छु । जिरोवाटको बल्ब बलिरहैको छ । निभाउन जान पनि अल्छी लागिरहेछ। बेड स्वीच नभएकाले कहिलेकाहीँ त्यत्तिकै पनि सुतिदिन्छु बत्ती ननिभाइकनै। सधै झैँ आज पनि टेबुल मुनी खस्र्याक-खस्र्याक गरेको आवाज मेरो कानमा पर्दछ। जिरोवाटको मधुरो प्रकाशमा राम्ररी ठम्याउदैन आँखाले । सुतिसुति टर्चलाईट बाल्छु र हिजोअस्ती जसरी नैँ रमिता हेर्छु म । मलाई खुब रमाइलो लाग्ने गरेको छ यो दृश्य। सधैँ यही समयमा यो दृश्य हेर्ने बानी नैँ परिसकेको छ म मा। हुँदाहुँदा यो दृश्य नहेरिकन निदाउनैँ नसक्ने भैसकेँ म । एउटा सानोसानो रहर लाग्दो, हेरिरहुँ लाग्ने रातोरातो कालोकालो रंगको मुसा मेरो कोठाको टेबलमुनी आउँछ र त्यहाँ भएका कागजको टुक्रा मुखले च्यापेर घिसार्दै अलिपरसम्म लान्छ । फेरी यताउता हेर्दै गुरुर्र कुद्छ । फेरी आउँछ । अघि परसम्म लगेको कागजको टुक्रा फेरि टेबुलमुनी ल्याउँछ। किरिक् किरिक् पार्दै ससानो टुक्रा पार्छ। मुखबाट चिँचिँ आवाज निकाल्दै कराउँछ । पल्याक्पुलुक हेर्छ। कोही आयोकी भनी सतर्क हुन्छ। नियमित क्रिया हो यो उसको । लगभग१५दिनदेखि म उसको यो दृश्य हेर्दै आएको छु। मलाई खुब रमाइलो लाग्छ यो दृश्य। दिउँसो कहाँ जान्छ?,के गर्छ?, के खान्छ?, केके विगार गर्छ?,त्योसँग मेरो सरोकार रहदैन। तर बेलुका जब म सुत्नकालागि ओछ्यानमा पल्टन्छु, तब त्यो सानो मुसा सधैँ आउँछ र मलाई मनोरञ्जन दिलाउँछ। यसरी मनोरञ्जन गराउने क्रममा छ आज पनि उ। म रमाइलो मानीमानी उसको गतिविधि चाख मानेर हेरिरहन्छु। हेर्दाहेर्दै त्यहाँ एउटा ढाडेबिरालाको प्रवेश हुन्छ। एक्कासि झम्टन्छ ढाडेबिरालो विचरा त्यो सानो मुसा माथि। म जुरुक्क उठ्छु ओछ्यानबाट बिरालो धपाउन । म ओछ्यानबाट उठी नसकी त्यो सानो मुसा चिँचिँ गर्दै अत्तालिएर ढोका बाहिर भाग्छ । ढाडेबिरालो पनि मुसाको पछिपछि दगुर्छ। म बाहिर निस्कन नपाउँदै न मुसा हुन्छ त्यहाँ, न ढाडेबिरालो। मन खिन्न पार्दै आएर पल्टिन्छु ओछ्यानमा । । भोलिप्ट पनि त्यही समयमा म मुसाको बाटो हेर्छु। अँहँ त्यो मुसा फेरि कहिल्यै देखा परेन । बरु त्यो ढाडेबिरालो भने दिनहुँ म्याउम्याउ गर्दै पो आउन थाल्यो।
२०७१/०८-०९
- 1766 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 3 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 20 hours ago - एकदम सान्दर्भिक
3 days 33 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 3 hours ago - भुगोल ले नछेकेको माया
1 week 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- बिषादका रङ्गहरू आफैँ दल्न थालेँ
- सुरिलो रुख सल्लै हो
- कोमल मनमा हिलो भर्दिन्छन कोही मान्छे
- मेरै यादले सपनीमा कराउँछ्यौ
- वीर पुत्र : सहिद
- के पिउनु जब एक्लै तिम्रो साथ हुन्न
- दाइजो र छोरी
- पिउदिन भन्दा भन्दै अलिकति पिलाई दियौ
- मनका लेखहरू
- पाँच मुक्तक (राहत)
- निदाइरहेका नानीहरु
- सोल्टिनी (गजल)
- पछुतो
- हार
- आज भोलि
- जिन्दगी
- चाहिन्न त्यो जून-तारा
- आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
- गौतम बुद्ध (कविता)
- ईश्वर तैँले रचेर फेरि
- भाग्य
- कस्तो भाग्य रहेछ
- दाडी देखेपछि
- ढोका छाडी झ्यालबाट चिहाउने
- अब नरोऊ आमा
- मुक्तक तीन (समनता, विपन्नता, सम्पन्नता)
- आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र
- तप्पतप्प
- श्रद्धाञ्जली
- जालको कमाल
Post new comment