तिमी बाहेक मैले कसैलाई सोच्नै सक्दिन
तिमीलाई नपाए त म त बाँच्नै सक्दिन
तिमी जति टाढा भए पनि भुल्नै सक्दिन
तिमी बाहेक मेरो मन अन्त डुल्नै सक्दैन
तिमीले पनि त मायां गर्छु भन्थेउ नि पहिले
तर धोका दियौ मलाई किन तिम्ले अहिले
अँझै पनि त मायामा छैन है केही बिग्रेको
मेरो चोखो माया छैन है अँझै पनि खस्केको
मिठो थियो तिम्रो त्यो कोइलिको जस्तो बोली
अचेलको बोली भयो मलाई सिसाको गोलि
छाती भरि माया तिम्लाई नै भनी साँचेको
तिमीसँगै जिन्दगी बिताउँला भनी बाँचेको
सत्ते सत्ते छैन तिम्लाई केही पनि ढाँटेको
जे पर्ला तिमीसँग घरजम गर्न पो आँटेको