Skip to content

तयार परिराखौं के पर्ला के पर्ला


पर्खन मात्र सक्नु पर्छ समय आफैं फर्कन्छ भन्थे
हो रहेछ लक्षण देखिन थालेको छ
फेरि पनि समय आफैं फर्केर आउला आउला जस्तो छ
समयले पनि अब फेरि भाउ पाउलापाउला जस्तो छ ।
अब फेरि नेपालमा हडताल युग आउलाआउला जस्तो छ
संरचना र निर्माण महँगो भए पनि
ध्वंश र आतङ्कले यहाँ फेरि छाउला छाउला जस्तो छ ।
अब फेरि नेपालले काखमा ताण्डव नृत्य पाउला पाउला जस्तो छ ।
अस्तिकै समय फनक्क फर्केर आउला आउला जस्तो छ ।
पर्खन मात्र सक्नु पर्छ ।

फेरि पनि प्रतिघर एक जना जङ्गल पठाउन पर्ला पर्ला जस्तो छ ।
जङ्गल पठाउन नसक्नेहरुले नगद वा जिन्सी बुझाउनु पर्ला पर्ला जस्तो छ ।
हो अब आवश्यकता परिगयो होला केही दिनु पर्ला पर्जा जस्तो छ ।
आवश्यता नै परिगए पछि ता कसको के लाग्छ र
उहाँहरुलाई भरसक जनशक्तिकै खाँचो पर्ला पर्ला जस्तो छ ।
किनभने
ठाउँठाउँमा बस, जिप, मोटरसाइकिलहरु बाल्नुपर्ला
पुलिस र सेनाका छाउनीतिर बम पनि फाल्नुपर्ला ।
बाँकी रहेका गाविस भवनहरु पनि बाल्नु पर्ला ।
हिँडिरहेका गाडीहरु बाटैमा बाल्न थाल्नु पर्ला ।
कसले भन्न सक्छ ? आवश्यता नै परेपछि के पर्ला के पर्ला ?
नेपालमा अझै लडाइँ सकिएको छैन अरे ।
नयाँ पुराना टायरहरु तयार पारिराख्नु पर्ला
सडकहरुमा ढुङ्गाहरु हाल्नु पर्ला ।
यातायात बन्द गर्न रुखहरु ढाल्नु पर्ला ।
साँझमा राँके जुलुसमा राँकाहरु पनि बाल्नु पर्ला ।
जनताहरुले पनि तयार हुन थालिराख्नु पर्ला ।
किनभने निसाचरहरुलाई ऋण गरेर भए पनि पाल्नु पर्ला ।
जनताहरुले पनि तयार भइरहनु पर्ला ।
देशको आवश्यता अरे
खै के पर्ला के पर्ला ।
तै पनि हामी तयार परिराखौं
जे पर्ला पर्ला ।
तयार परिराखौं भरे के पर्ला के पर्ला ।

2014-12-15 17:42:33 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *