Skip to content

अप्रकाशित मेरो किताब


मैले धेरै देखेर
थोरै लेख्दा पनि
तीन दशक बित्न लागेछ!

तर,
अँझै पनि मलाई
किताब छपाउन ढिलो भएको छैन ।
ढिलो भएर मलाई चिन्ता लागेको छैन।
बरु धेरै चिन्ता लाग्छ
मेरो सिर्जनाहरूको
ढुकढुकि छ कि छैन भनेर ?
सिर्जनाभित्र उज्यालो छ कि छैन भनेर?

र त म सधैँ छामिरहन्छु:
मेरो सिर्जनाहरूको ढुकढुकिहरू ।
र त म पटक – पटक खोजिरहन्छु:
मेरो सिर्जनाहरूमा उज्यालोहरू।

म त भन्छु:
किताबभित्रको ज्युँदो सिर्जनाहरूले
युगहरूलाई बचाइ राख्नु पदर्छ।
सिर्जनाभित्रको उज्यालोहरूले
जीवनहरूको अँध्यारोलाई
खिच्न सक्नु पदर्छ।
किनभने,
किताब भनेको केवल
सिर्जनाहरू थन्क्याएर राख्ने गोदाम मात्र होइन ।

चाँगे-५, ताप्लेजुङ
हाल: धरान, सुनसरी

2 thoughts on “अप्रकाशित मेरो किताब”

  1. टीप्पणिको लागि तपाईलाई
    टीप्पणिको लागि तपाईलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *