Skip to content

जुन दियो रे उसले घाम दियो रे
रूप सॅग सुहाउने नाम दियो रे

फुरूक्क हुदै म छेउ आएर भनिन्
स्वर्ग मै बसे जस्तो आराम दियो रे

रातको कुरा गर्न चै थोरै लजाईन्
सम्झनामा बल्झिदिने साम दियो रे

के गर्यो के गर्यो कस्तो कस्तो बनायो
टोलाएरै बस्नुपर्ने काम दियो रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *