Skip to content

हिन्दूराष्ट्र हो मेरो


पवित्र भूमि नेपाल हिन्दूहरूको आराज्य देवी देवताहरूले बिभिन्न रुप लिई बसोवास भएको थलो हो । ग्रन्थका अनुसार सम्पूर्ण देवताहरू पवित्रस्थल हिमालयमा बसोबास गर्दछन । महाकवि कालीदासले पनि लेखेका छन – “कुमार सम्भव महाकाव्य, रघुवंश महाकाव्य, हिमालय ।”

महाकवि कालीदासले मिठो श्लोकबाट यसरी गुन्गुनाए थिए –

अस्त्युत्तरस्या म दिशितेवतात्मा हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि वगाह्यस्थित पृथिव्यामिवमान दण्ड ।

अर्थात् – उत्तर दिशामा देवताहरू वास गर्ने देवताहरूको आत्मा रहेको पर्वत राज, जसलाई हिमालय भनिन्छ । पूर्व पश्चिम र दक्षिणतिर जलाधार नदीहरू वगेका छन यो पृथिवीको मान दण्ड जस्तै आधार हो ।

पवित्र भूमि एक मात्र मेरो हिन्दू देश नेपाल जसलाई कुमार सम्बभको प्रथम अध्यायमा श्लोकद्धारा वर्णन गरिएको छ । त्यसैको आधारमा पनि नेपाललाई देवताहरूले निवास गरेको भूमि हो भन्न कुनै दुई मत नहोला । झनै देवी भागवत्, नेपाल महात्मय, महाभारत, वेद, पुराणहरू समेतमा हिमालयलाई देवभूमि भनेर उल्लेख गरिएको छ । कौशिक ऋषिले बराहक्षेत्र नजिकको कोशीमा, गण्डका ऋषिले गण्डकीमा, व्यास ऋषिले महाकाली नदीको किनारमा, वाल्मिकी ऋषिले पनि गण्डकी नदीकै किनारमा तपस्या गरी देवत्व प्राप्त गरेका थिए भन्ने मारकाण्डय पूराण लगायत बिभिन्न धर्म ग्रन्थका पुस्तकका कथाहरूमा उल्लेख गरिएको सुन्न र पढ्न समेत पाइन्छ । त्यस्तै वाल्मिकी रामायण, शिवपूराण, मारकण्ड्य पूराण, र सतिदेवीका अंग-पतन भएका र अदभूत रामायण तथा सम्पूर्ण रामायणहरूमा ब्रह्माजीको तपस्या गर्न रावणका तीनै भाइले हिमालय पर्वतमा तपस्या गरेका थिए भन्ने समेत ग्रन्थमा उल्लेख भएको छ । त्यति मात्र नभएर शिव-पार्वतीका अनुपम लीलाहरू हजारौ उदारहणको रुपमा हिमालय पर्वत मै केन्द्रित छन् भन्ने कुरा यहाँ मैले व्यक्त गरिरहनु पर्दैन । हिन्दूहरूको लागि साक्षात देवता शालिग्रामको उत्पत्ति, कालीगण्डकीको शिरान नै प्रणामको रुपमा दामोदर कुण्ड रहेका छन । यो ठाउँ त्यहीं हो जहाँ जड भरतले धेरै वर्ष बसेर तपस्या गर्दा जलेश्वर महादेव प्रशन्न भई वरदान समेत दिएको कुरा श्रीमतभागवत् पूराणमा उल्लेख भएको छ ।

सीता, जनक, बुद्ध, जस्ताको जन्म समेत रहेको नेपाल विश्वकै एकमात्र हिन्दू आराज्य देवहरूको निवास स्थल हो भन्ने कुरालाई कसरी नेपालमै भएका बुद्धिजीवी, देशका नेताहरू र नेपालीले बिर्सन सकेका होलान ? अहिले आएर डलरको लोभमा पर्दै यसलाई राज्यले धर्म साक्षेप भनोस् वा निरपेक्षक । तर यो नेपाल हिन्दूहरूको गर्वको शिर आधारभूमि हो जुन विश्वमा नै छरिएका हिन्दूहरूले गर्व गरिरहेका छन् । त्यस्तै नेपालको इतिहासमा वेद र हिन्दू ग्रन्थहरूको रक्षाको लागि मुसलमान र इसाईहरूको त्रासबाट हिमालयमा धर्मको संरक्षण गरिएको कुरा समेत पाइन्छ । गया शुद्धिन, सम शुद्धिन, महमद गजनी, आदिको जनै काटिदिने, वेद जलाई दिने, धर्मका पुस्तकहरू च्यातिदिने, बाहुनका पालेका टुप्पी काटिदिने र जवर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने, मन्दिरहरू तोडफोड गर्ने, गाई काट्ने, जस्ता नगन्य अपराध हुँदा पनि शिर झुकाएन । नेपाल एक मात्र हिन्दूराष्ट्र यस्तो देश हो जसले धर्म र संस्कारको संरक्षण आजसम्म पनि गर्दै आएको थियो । त्यस्तै किरातीहरूले मान्ने गरेका पारुहांग र सुम्लिमा, सारुप्मा पनि शिवपार्वती नै हुन, र अन्य जनजातिहरूको आराज्य देवतामा भगवान बुद्धलाई हिन्दू धर्मले पनि विष्णुका दशौ अवतारको रुपमा मान्ने गरेको कुरा देवी स्तुतिहरूमा समेत पढ्न पाइन्छ ।

हिन्दू धर्म भित्र विष्णु, शिव, र बुद्धको साझा स्वरूप मुक्तिनाथ सम्पूर्ण नेपलीहरूले पुज्दै आएको प्रमाण आज पनि ताजै रहेको छ । चाहे हिन्दू धर्मलाम्वी क्षेत्री वाहुन हुन वा अन्य जनजाति यी सम्पूर्णहरूले हजारौ वर्ष देखि हिन्दू र बुद्ध धर्मलाई मान्यता दिदै आएका छन यस्तो धार्मिक सहिष्णुता रहेको पवित्र नेपाल देशमा बसोबास गर्ने अन्य धर्मलाम्वीहरूलाई पनि एकता, सद्भावना राख्दै आएका छन ।

हजारौ वर्षदेखि मिलेर बसेका नेपालीहरू हिन्दू धर्ममा आधारित धार्मिक सहिष्णुता भित्र सन्तुष्ट छन् । त्यस्तो अवस्थामा जातीय सदभाव र धार्मिक सहिष्णुतालाई खलल पार्ने धर्म परिवर्तनको शृंखलाले हामीमाथि बज्रपात गरेको छ । नेपालीहरू ८०%भन्दा बढी हिन्दू धर्ममा आबद्ध छन भने हिन्दू धर्म र हामी नेपालीको संस्कार नै हाम्रो प्रण हो । यसमाथि गरिएको विदेशी दलालहरूको देशभित्रको हस्तक्षेप् र आक्रमण हामीलाई सह्य हुने छैन; हाम्रो आत्मा र धर्मलाई डलरको मूल्यमा तौलिने राज्यका नेता हो, खबरदार !

आफ्नो धर्मलाई हीन अरु धर्मकोलाई उच्च मान्दै आँखामा खुर्सानीको धुलो छ्याप्ने, पैसामा आफूलाई मात्र हैन देशको छवि र हिन्दू संस्कारलाई नै घृणा गर्दै धर्मको हीनता गरी बिदेशीहरूको लय लयमा आफूलाई नोकर बनाएर तिनीहरूको धर्मको प्रचार र आदर गर्ने, देशको गर्व र हिन्दू धर्मको शक्तिलाई लत्याउदै समाजमा विभिन्न किसिमको अपवाद फैलाएर द्वन्द्व गराउदै हिड्ने हिन्दूको नाममा कलंकित राजनीतिधारी, गायक-गायिका, बुद्धिजीवी, शिक्षक् वर्ग हो, खबरदार ! सक्छौ भने पशुपतिनाथको मन्दिरमा गई एउटा हात शिवको शिलामा राखी अर्को हात तिम्रो हृदयमा हात राखेर नानाभाँती भनेर हेर, सक्छौ भने दक्षिणकाली माताको शिरमा हात राखेर मनपरी भन, सक्छौ भने महाकाली, भद्रकाली, मनकामनादेवी जस्ताको शीलामा हात लल्कारेर हेर र दलालले दिएका धर्मको ढोंगी उपदेशको गुण गाउदै हिँड, अनि तिम्रो सामर्थ्यलाई हामी मन्नेछौ ।

जुन देशले सहयोग अरबौं रुपैयाँ दिए पनि देशका विकासतिर ती रकम नलाई आफ्नो पटुका दरो गर्ने र देश भित्रको सुन्दरतालाई, महत्वलाई, आय आजर्नका श्रोतहरूलाई बुझ्न नसक्दा देशको राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, असिक्षा र असुविधाको कारण अरु कोही हैन लोभी, लाछी, स्वार्थी नेता र पैसामा बिक्दै आएका तिमी हामी आफै हौ । एकपल्ट अरु धर्मसँग आफ्नो संस्कार र धर्मलाई तुलना गरेर हेर । देशभित्रको सुन्दर प्रकृतिले दिएका अनेकौ दृष्य लेक झरना, पहाड र हिमाल लगायत सुन्दर चित्रले कुदिएका प्राकृतिक मन्दिर, मूर्ति र प्राकृतिक अनेकौ बनजंगलहरूबाट आउने मिठा कुहु कुहु, चिर्चिर जस्ता सुन्दर घुनहरूको खानी देशका उपहारलाई मनन गर, र हाम्रो आफ्नो धर्म हजारौ हजार वर्ष देखि चल्दै आएको शक्तिशाली धर्म अन्य कुनै देशमा छैन ।

विचार गर, ८०% हिन्दू भएको देशमा सबै हिन्दू उठे भने तिम्रो के गति होला ? यस्ता आततायी दलालहरूको प्रलोवनबाट मुक्त गर्नु हाम्रो आजको हिन्दू आवाजले सम्पूर्ण नेपाली हिन्दूबासीलाई आह्वान गरेको छ । गरिबीको आडमा र नेताको आफ्नो स्वार्थलाई लोभमा पार्दै घूसपैठ गरी हिन्दूत्वको जरो उखेल्नु र आफ्नो राज्य बनाउन खोज्नु नै ती दलालहरूले डलरको प्रलोवन देखाउदै तमाम प्रचारप्रसारको उद्देश्य रहेको घाम जत्तिकै छर्लंग हुँदा पनि यिनीहरूलाई देशबाट लखेट्नुको साटो झनै उनीहरूको हातमा हात थाम्ने लाछी यो आँखाँमा पट्टि लगाएर अन्धो झैँ हुनेहरूलाई के नाम दिनु खै ?

हजारौ वर्षदेखि कैयौ मेहनतबाट बनेको यो संस्कार र संस्कृति, परम्परालाई सामान्य स्वार्थमा डुबी देशको गरिमालाई नै लिलाम गर्न चाहनेहरूको भविष्य र भावी पिढीको भविष्यसँग खेलवाड गर्ने कुनै देश भित्रका नेताको अधिकार छैन ।

आफ्नो सङ्गठन बलियो बनाउन अरुको देशभित्र राज गर्न चाहने धर्मको नाममा बिभिन्न चमत्कार देखाई अपवाद फैलाउदै पैसाले किन्दै आएका ढोंगी बिदेशी धर्मलाई हेर! जसले अरुलाई नानाभाँती अपशब्दबाट सम्बोधन गर्ने र तेरो धर्म यस्तो भनेर हाम्रो संस्कारर्लाई पैताला मुनि राख्न खोज्दा, तिम्रै अगाडि घृणा गर्दै उनीहरूको धर्म ठुलो भनेर तुलना गर्दा अपांग झैँ, माग्ने झैँ लाचार बनाएर तिम्रो र देशको नै शिर झुकाएको देख्दैनौ कि क्या हो ? यदि उनीहरूमा कुनै स्वार्थ नहुने हो भने किन आफ्नो देशमा नै धर्मको जड बलियो पार्न छाडेर धर्मलाई पैसामा लिलाम गर्थे होलान त ?

आज देशमा विदेशी दलाल पस्नु र लोभको प्रलोबनमा गरिबीका कारणले होमिनु र यिनीहरू गोवरको मलमा पलाएको झार झैँ मौलाउनु पनि देशका पाखण्डी, स्वार्थी आँखाँ नदेख्ने अन्धा झैँ नेताहरूको लोभ, लालचा, स्वार्थका कारण नै आज देशमा यो धर्म परिवर्तनका विकृतिहरूले विगविगी भएर एक आपसमा लडाइरहेको, मन्दिरहरू माथि गरिएको अत्याचारको अवस्था सिर्जना भएको देख्दा हामी काम गर्ने शिलशिलामा विदेशमा आएका नेपालीहरूको मन रोएको छ ।

नेपालको कानूनमा कुनै धर्मको प्रचार-प्रसार र कुनै ठाउँको रीति रिवाज सस्कारलाई आक्षेप लगाएको पाएका छौ ? तर बिदेशीहरूले जहिले पनि पैसा, शिक्षा, रोजगार जस्ता प्रलोभन दिएर आफ्नो संघठन बढाउन र बलियो पार्न र अरुको देशमा आएर राज गर्न ढोंगी धर्मको प्रचार प्रसार गर्दै विदेशबाट जुटनुको कारण के को लागि होला भनेर एकपल्ट निहालेर सोचेका छौ ? यसरी धर्म परिवर्तन गराउन मोटो रकम दिनुको तात्पर्य के हो त ?

यो पवित्र हिन्दू राष्ट् भूमिमा धर्म, संस्कृति र परम्परालाई अछुन्न रहन देऊ । सक्छौ भने देशभित्रको गरिमाको रक्षा गर, सक्दैनौ भने डलरमा आफूलाई तराजुको पल्लामा बसेर तौलिदै देशलाई घिनाउँने र बिदेशी दलालको हातमा सुम्पिन धर्म परिवर्तनको आड लिने नेता, पढे लेखेका शिक्षक तथा अन्य बुद्धिजीवी वर्ग हो, तिमीहरूलाई हरेक नेपालीले धिकार्ने छन र तिमीहरू कहिल्यै नउठ्ने गरी इतिहास मै कलंकित हुनेछौ ।

एकपल्ट विचार गर आज नेपालमा आएर लोभको प्रलोभन देखाई धर्मको आड लिने यो इसाई ढोंगी दलालहरूले पहिला मुश्लिम समुदायहरूको राष्ट्माथि पनि यिनै अत्यचारी यिनै इसाईहरूले धर्मको आड बनाएर सम्पतिको लागि आक्रमण गरे र प्राकृतिक स्रोत जस्ता प्रेट्रोलियम प्रदार्थ तथा अन्य खनिज प्रदार्थ दोहन गरे, त्यसको विरोधमा मुश्लिम समुदायले प्रतिरोध गरे त्यसैको मारमा परेका इसाईहरूले आजसम्म मुश्लिम समुदायसँग न लड़न सक्छन, न धर्म नै परिवर्तन उनीहरूलाई गराउन सक्छन । धर्म परिवर्तन त के आज मुश्लिमहरूको अगाडि सामनासम्म गर्न सकिरहेका छैनन, भने यस्ता धर्मलाई आधार बनाएर देशमा नै कब्जा जमाउन तलिन उद्देश्य भएका इसाईहरूले गरेको मुस्लिम माथिको निकृष्ट घातको प्रतिउत्तरमा गरिएको पेन्टागानको आक्रमण (अमेरिकामा भएको) एउटा उदाहरण हो ।

इस्लामिक समुदायभित्रका चर्चहरू र इसाईहरूका अन्य संस्थाहरू आज दयनीय अवस्थामा जीर्ण रहेकोले त्यहाँ गएर उनीहरूले आफ्नो इसाई धर्मको रक्षा गर्न सकिरहेका छैन । नेपालमा आएर यिनीहरूले खन्याउने लोभका डलरहरू उनीहरूको त्यहाँ काम लागिरहेको छैन । त्यस्तै भारतमा डलर र वाइवलभित्र लुकाएर ल्याएका तरवारले दुई सय वर्षसम्म भारत इसाईको गुलामी बन्यो । नेपालका नेता लगायत बुद्धिजीविहरूले के त्यो इतिहास पढेका छैनन् र ? धर्म निरपेक्षक भनेको इसाई नीतिको प्रभाव बढाउनु हो भन्ने कुरा आजका नेताहरूले बुझेका छैनन कि कसो ?

“धर्मो रक्षति रक्षित्” – धर्मको रक्षा गर्नु नै हाम्रो रक्षा गर्नु हो, ॐ शान्ति शान्ति शान्ति ।

निशा खनाल अर्याल
राजविराज
हाल इजरायल

2 thoughts on “हिन्दूराष्ट्र हो मेरो”

  1. लेख ठिकै हो तर गालि मात्रै
    लेख ठिकै हो तर गालि मात्रै गरेको हुनाले फीतलो लाग्यो. लेख सन्तुलीत हुन पर्छ । संस्क्रितका कुराहरु थाहा रहेछ त्यसको सदु पयोग गरेरे राम्रा लेख निस्कन सक्छ । जय!

  2. गाेर्खे जी यिनलाइ सच्याउ थप
    गाेर्खे जी यिनलाइ सच्याउ थप मिलेन र यसाे भएन भन्नुमा कुनै फरक पर्दैन । यी अाफ्नाे लाइनमा अडिग छिन् । कसैले दिएकाे प्रतिक्रियासँग यी लेखिकालाइ कुनै सराेकार हुन्न । यसैले यिनका रचनाहरुका बारेमा टीका टिप्पणी नगर्नु नै असल हाे । नत्र यसमा परेकाे कालिदासकाे कुमार सम्वभवम् महाकाव्यकाे पहिलाे श्लाेक नै तिमीले अशुद्ध लेख्यौ भनेर म पनि भन्ने थिएँ तर चुप लाग‌े । केही सुन्ने भए पाे केही भन्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *