Skip to content

अब म अनौठो कथाको घोषणा गर्दैछु


अब म अनौठो कथाको घोषणा गर्दैछु
मानिस जिउँदो नभाको घोषणा गर्दैछु ।

मान्छेको जमात सडेर गनायो अचेल
असल सरकार गधाको घोषणा गर्दैछु ।

स्वार्थको शिखर चुलिंदा अचम्म नमान्नू
सत्यको फेद नै ढलाको घोषणा गर्दैछु ।

बन्दुक देखाएँ दिए यो सम्पत्ति आफै नै
कसैसँग घुस चैं नखाको घोषणा गर्दैछु ।

‘घायल’ तिमी नि त्यत्तिकै रोएर नवस
मृत्यूको अवसर मजाको घोषणा गर्दैछु ।

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-रामेछाप
हालःअलऐन,युएई

5 thoughts on “अब म अनौठो कथाको घोषणा गर्दैछु”

  1. घायलजी तपाइँकाे कविता असल छ
    घायलजी तपाइँकाे कविता असल छ तर शीर्षकमा छ मएछ छु बनाउनुहाेस् है ।

  2. होमसरलाई धन्यवाद छ ।
    होमसरलाई धन्यवाद छ । सच्याइएको छ ।

  3. अाजसम्म मैले गरेकाे टीका
    अाजसम्म मैले गरेकाे टीका टिप्पणीलाइ सम्पादकजीले सहज लिएर सुधा गर्नु भएकाे थियाे । मैले याे मझेरीमा पसेपछिका अवधिमा मेराे कुरा सहर्ष र हार्दिक रुपमा लिएर आफूलाइ उच्च देखाउने मित्र मैले सम्पादक भन्दा पछि तपाइँलाइ नै पाएँ । म गद गद भएँ । धन्यवाद । यसै गरी समझदारीर र अध्ययनका काम हुँदै रहून् । म सबै भन्दा बढी यसमा रहेका नारी मित्रहरुका रचनाहरु देखेर सच्याउन अनुराेध गर्छु । उनीहरुलाइ मैले गरेकाे अनुराेध सुपाच्य हुँदाे रहेनछ क्यारे । टेर पनि लाउँदैनन् पुछ्छर पनि हल्लाउँदैनन् । नेपाली भाषाकाे दुर्गति भएकाे कुरा म टुलुटुलु हेरिरहन्छु । खै के गर्न सकिन्छ र ।

    1. सुझाबको लागि हार्दिक धन्यवाद
      सुझाबको लागि हार्दिक धन्यवाद होम सर! ब्यस्तताको कारण निक्कै दिन भएछ यता नआएको पनि….! सम्पादक ज्यूलाई हार्दिक धन्यवाद सच्याई दिनु भएकोमा…..!

    2. सुझाबको लागि हार्दिक धन्यवाद
      सुझाबको लागि हार्दिक धन्यवाद होम सर! ब्यस्तताको कारण निक्कै दिन भएछ यता नआएको पनि….! सम्पादक ज्यूलाई हार्दिक धन्यवाद सच्याई दिनु भएकोमा…..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *