कसरी हेरूँ मैले आँखाँ अगाडि लुटिएको तिमी
समाजमा कलङ्कित भई उसैसगँ छुटिएको तिमी
खै कुन्नि के सोचेर यतिसम्म गिरेको छौ आखिर
उसको पीडा र कठिन यातनाले चुटिएको तिमी
सोचेकी थियौ होला तिमीलाई माया गर्छ भनेर
देख्न पाइन्छ छिट्टै प्रेमको जालसहित टुटिएको तिमी
तिम्रै मतिभ्रष्ट्र भएपछि के भनम र म रोसनले खै
देखन पर्यो आज गलत संङ्गततिर भुटिएको तिमी