बिश्वास (लघुकथा)
एकदेव — Mon, 01/12/2015 - 22:40
घरायसी कामधन्दामा व्यस्त सरला फोनको घण्टी सुनेर फोनतिर लम्कन्छे।
“हजुर सरला म्याडम बोल्नुभएको होइन?” उताबाट आवाज आउँछ।
“हजुर बोल्दैछु।” सरला जवाफ दिन्छे।
“म विद्यासागर कलेजबाट प्रिन्सीपल बोल्दैछु। हजुरको बाबु बिनयको विषयमा केही कुरा गर्नु थियो हजुर यसो विद्यालयतिर आउनुहोला न है?”
शैक्षिक भ्रमणको लागि भनेर दुइदिन अगाडि निस्केको छोरोको बारेमा विद्यालयबाट त्यसरी फोन आउँदा उसको मनमा चस्को पस्यो। कुनै अनिष्टको आशङ्काले उसको मनमा घर गर्यो। फोन राख्नासाथ, हतार-हतार विद्यालय तर्फ लागि ऊ।
“के भयो सर बाबुलाई।” अत्तालिँदै प्राचार्य कक्षमा पस्नासाथ उसले सोधी।
“कृपया नआत्तिनुहोला। मलाई जहाँसम्म लाग्छ, तपाईँको बाबुलाई केही भएको छैन। भ्रमणको लागि भनेर बाबुले घरबाट कति पैसा लगेको थियो?”
अचानक आएको यो प्रश्नले उसलाई झस्कायो। यसतर्फ उसको ध्यान नै गएको थिएन। भ्रमण जानु अघि उसले विद्यालयको फिसमेत भनेर पैसा केही दिन अघिदेखि नै माग्दै थियो। उसको बाबुसँग दुबईमा फोन गरेर उसले पचासहजार मगाएर बिनयकै हात पठाएकी थिई। भ्रमणको लागि भ्रमण शुल्कका साथै विद्यालयको फि चुक्ता गर्नु उसलाई अचम्म त लाग्दैथियो तैपनि उसका बाबु बिदेशिएदेखि बजारको किनमेल देखि घरका कामधन्दामा पनि बेलाबेलामा सघाउने बिनयमाथि उसको पुरापुर विश्वास थियो।
उसले प्राचार्यलाई उसले ल्याएको रकमको जानकारी दिई। त्यसपछि केहीबेरको मौनतालाई भङ्ग गर्दै प्राचार्यले भन्न थाले।
“हेर्नुस, हामीले हजुरलाई अगाडि पनि रमिलासँग बाबुको हेलमेलको बारेमा पटक-पटक जानकारी गराएका थियौँ तर हजुर त्यो कुरा मान्न तयार हुनुभएन। छोरोमाथि हदैभन्दा बढी विश्वास छ भन्नुहुन्थ्यो। हिजो रातिदेखि दुवैजना इटहरीको लजबाट भागेर बेपत्ता भएका छन्....
प्राचार्यले त्यसोभन्दा भन्दै उसको आँखा अगाडि अन्धकार छायो। टेबुलको सहारा लिन खोज्दा खोज्दै कतिखेर भुँइँमा टाउको बजारियो पत्तै पाइन।
२०७१ पौष २८, सोमबार
- 893 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
16 sec ago - Reply to comment | मझेरी डट कम
44 sec ago - Reply to comment | मझेरी डट कम
48 sec ago - Reply to comment | मझेरी डट कम
1 min 1 sec ago - Raising amblyopia, evolve seal absorbable biopsies.
1 min 4 sec ago - Reply to comment | मझेरी डट कम
1 min 7 sec ago - Reply to comment | मझेरी डट कम
1 min 12 sec ago - Reply to comment | मझेरी डट कम
1 min 15 sec ago - Reply to comment | मझेरी डट कम
1 min 15 sec ago - Reply to comment | मझेरी डट कम
1 min 19 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- उतै तिर तान्छु भन्छ
- नाय्खिं बाजं
- अनुभूति र प्रेमिल कुरा
- नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा सहकारीको भूमिका
- ए साथी ......
- बिर्सुँ माया भने पनि
- खहरेको भेल-रहेछ
- प्रतिभा निकुञ्जको एक इपिसोडका केही कविताहरु
- नसोचेको भेट थियो..
- नदीहरू नेपालमा
- क्या नाम डिस्टर्व
- संसारको अन्त्य
- 'गोर्खे साँहिला' हैन म त
- मेरो देश
- आफ्नो घर
- तीन मुक्तक (आफ्नै मुटुमा व्यथा)
- बिस्वाश गर या नगर!
- धेरै झल्को
- विभेद : शिक्षक र कर्मचारीमा आलेख
- म सहर र बसाइँ
- कालो आतंक
- सारा रहर नै, सपना भए
- तिम्रो यादमा
- हातहरू दिन्छन् साथ
- तीजको महत्त्व
- गल्ती र माफी
- स्तर नेपाली साहित्यको
- शान्तिको नाममा
- टाढा टाढा नभइजाऊ तिमी
- बिर्सेको माटो
निकै दिनपछि्को मझेरी अागमनसमा
HomSuvedi — Tue, 01/13/2015 - 10:34निकै दिनपछि्को मझेरी अागमनसमा तपाइँलाइ स्वागत छ । अागमनका साथ काेसेली सुमधुर दिनभो । धन्यवाद ।
धन्यवाद होम जी, अब अलि अलि
एकदेव — Sat, 01/17/2015 - 16:07धन्यवाद होम जी, अब अलि अलि समय निक्लँदै छ।
एकदेव अधिकारी
Simple yet thoughtful story.
editor — Sun, 01/18/2015 - 06:32Simple yet thoughtful story. Welcome back Ekdev jee!
धन्यवाद सम्पादक ज्यु। यहाँको
एकदेव — Sun, 01/18/2015 - 17:25धन्यवाद सम्पादक ज्यु। यहाँको मायाले तानीरहन्छ नि।
एकदेव अधिकारी
Post new comment