Skip to content

साहित्यकार दीपक सोतीको घरमा कार्यक्रम सञ्चालन


२०७१ साल पौष महिनाको बाह्रौ कार्यक्रमलाई साहित्यकार दीपक सोतीको घरमा सञ्चालन गरिएको थियो । यस कार्यक्रममा निर्मोही व्यासको प्रमुख आतिथ्यमा दीपक सोतीको सभापतित्वमा सञ्चालन गरिएको र विशिष्ट अतिथिमा गोविन्दराज विनोदी हुनुहुन्थ्यो ।

साहित्यकार दीपक सोतीको साहित्यिक योगदानलाई कदर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रममा डा. धनपति कोइरालाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । साहित्यकार सदानन्द अभागीले दीपक सोतीको साहित्यिक योगदानको सानो परिचय गराउनु भएको थियो ।

सदानन्द अभागीले सोतीलाई एक त्यागी साहित्यकारको संज्ञा दिनु भएको थियो । साहित्यकार दीपक सोतीको जन्म २००६ सालको श्रावण महिनाको ११ गतेका दिन लमजुङ जिल्ला, कुन्छाको सोती गाउँमा भएको थियो । माता नन्दकुमारी सोती र पिता पं नित्यानन्द सोतीका जेठा छोरा एव म एक बरिष्ठ साहित्यकर दीपक सोती एक क्रान्तिकारी कवि हुनुहुन्छ । उहाँको सरल जीवनको साथै साहित्य लेखन पनि सरलता, राष्ट्रियता, व्यङ्गताले भरिएको पाइन्छ । उहाँले साहित्यको श्रीबृद्धिको लागि दिलो ज्यानले लागेको र पुर्याएको योगदानको कदर गर्दै अभागीले तीन मुक्तकद्वारा उहाँको प्रशंसा पनि गर्नुभयो –

साहित्यका दीपज्योति
भावनाका हीरा मोती
साच्चै मेरा हृदयका
तिमी हौ दीपकसोती

जून घाम उदाउँछन्
पुन तिनी अस्ताउँछन्
अमिटछन् तिम्रा प्रभा
युगौं युग रसाउँछन्

मुस्कानयुक्त जोडी तिम्रा
आस्थाका हौ पुञ्ज हाम्रा
मुस्कान भर्दै रमाउँछौ
सृजना छन् अतिराम्रा
-सदानन्द अभागी

दीपकजीको साहित्यिक यात्रा बालक कालबाटै थालनी भएको थियो । उहाँले २०२० सालको वैशाख महिनामा नरोक मलाई भन्ने (दीपकजीको प्रथम कवितामा) कवितामा द्वुतीय स्थान ओगटेको र युगकवि सिद्धिचरण श्रेष्ठबाट पुरस्कार प्राप्त गर्न सफल भए पछि उहाँको साहित्यिक यात्रा अघि बढेको देखिन्छ । उहाँका प्रकाशित कृतिहरूमा मेरी मस्र्याङ्गदी, दुई बत्ती निभेर (कवितासङ्ग्रह) र जगदम्वा (खण्डकाव्य), समालोचक (शोक काव्य) र मेरी आमा रुदिहुन्( कवितासङ्ग्रह)को साथै विभिन्न साहित्यिक पत्रपत्रिकामा लेख, कविता आदि प्रकाशित हुँदै आएका छन् ।

दीपक सोतीको घरमा साधना–संगमको १२औं शृङ्खलाको कार्यक्रम सञ्चालन गरिने भएकोमा मुकुन्द शरण उपाध्याय, प्रभाकर पण्डित, भूपेन्द्र शर्मा गण्डर्षि, गोर्खे साइँलो डा. घनश्याम परिश्रमी, लगायतले शुभकामना सन्देश पठाउनु भएको र उक्त शुभकामना स।न्देशलाई डा धनपति कोइरालाले आफ्नो धारणा राख्ने बेलामा सबैलाई श्रवण गराउनु भएको थियो ।

1 thought on “साहित्यकार दीपक सोतीको घरमा कार्यक्रम सञ्चालन”

  1. सदानन्दजी दीपक साेतीजीसँग
    सदानन्दजी दीपक साेतीजीसँग कुनै बेला भेट भइहालेछ भने हाेम सुवेदीकाे सम्झना छ अरे भनिदिनुहोला । अनि उनकाे फोन भए मलाइ उपलब्ध गराइदिन समेत अनुराेध गरे‌ । ९८४२६२६१९० मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *