Skip to content

तीन मुक्तक (छलियाको चिप्लो बोली)


एक

छलियाको चिप्लो बोली खतरनाक
ए के ४७ को सिसाको गोली खतरनाक
अँझै त्योभन्दा धेरै गुणा बढी
खलनायिकाको निलो चोली खतरनाक ।

दुई

उहाँ समस्या पर्दा लुक्न मन पराउनुहुन्छ
एकता बध्द हुनुभन्दा फुट्न मन पराउनुहुन्छ
दुई नम्बरको ब्यापारी जस्तै हुनुहुन्छ उहाँ
अप्ठेरोमा हलो अड्काई गोरु चुट्न मन पराउनुहुन्छ ।

तीन

यौन डकैती हुन्छ भने प्रणय भन्न मिल्दैन
संवेदनाले रुन्छ भने दानव भन्न मिल्दैन
धर्म र राजनीतिको नाममा मानवता क्षतविक्षत गर्ने
आतङ्कवादीलाई मानव भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *