• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

अलपेश्वर बाबा–ज्ञादीको गर्व

editor — Thu, 02/19/2015 - 05:50

  • सांस्कृतिक समीक्षा
  • कृष्णादेवी शर्मा (श्रेष्ठ)

पर्वत जिल्लाको सदरमुकाम कुश्माको पूर्वपट्टि २ कि.मि. को दुरीमा एउटा सुन्दर उपत्यका छ । पश्चिममा मोदी खोला र अत्यन्त सुन्दर नगरी सदरमुकाम कुश्मा, उत्तरमा माछापुछ्रे हिमालको आकर्षक सादा देखिरहने हिम शृङखला, दक्षिणमा यही जिल्लाको रुग्दी र शंकर पोखरी गाउँ र पूर्वमा वितलवत कार्कीनेटा, ठूली पोखरी, खौला लाकुरी आदिको बीचमा रहेको अति आकर्षक सुन्दर नगरी जसलाई ग्यादी भनिन्छ । पातिहाल्ना, चपाईफाँट, कटुवा चौपारी, कुजे विसाउना, हटिया, लम्पाटा सुवेदी चौर झाप्रेवगर, मोदीवेणी, चापटारी, कालीमाटी, नुआर वितलव, बडहरे, माझिगाउँ, सिल्मी, बुमी, आदि यहाँका स्थानीय र छिमेकी नामहरू हुन् । मोदी खोलाले अंकमाल गर्दै बगेको छ । मल्याङदी र “चिन्ने” नाम गरेका दुई खोलाहरूले बीचमा राखेर सिंचित गरिहेछन् । रुग्दी थुम, वितलव र कार्कीनेटाहरूले सुरक्षा गार्डको हैसियत राखेको प्रतित हुन्छ। मल्याङदी खोलाले मोदीवेणीमा मोदी खोलालाई भेट्न आइपुगेको छ भने चिन्ने खोलो झाप्रे बगरमा आएर मोदीसित मिल्दछ । सदा हरियालीमा रमाइरहने यो भूभाग अत्यन्त आकर्षक छ । नढाटी भन्नु पर्दा नेपालका उपत्यकाहरू मध्ये ज्यादै सुन्दर उपत्यकामा पर्दछ ज्ञादी । वर्षा याममा धान, मकै, कोदो, भटमास आदि अन्न उत्पादन हुन्छ भने हिउँदे याममा गहुँ, जौ, तोरी, आलु, मटर आदि उब्जा हुन्छ । मल्याङ्दी खोलाबाट ल्याएको नहरबाट हिउँदयाममा सिंचाई गरिन्छ भने वर्षामा चिन्ने खोलाबाट पनि सिंचाईमा सहयोग पुग्दछ । सबै जातका तरकारी खेतीहरू उब्जाई नजीकैको कुश्मा बजारम पुर्याइन्छ । ज्ञादी र कुश्मालाई जोड्ने झोलुङ्गे पुलको अपूर्व देनले ज्ञादीलाई सुनमा सुगन्ध थपि दिएको छ । ३४४ मीटर लम्बाई र १३५ मि. उचाइ भएको यो पुल बनेपश्चात् यहाँका जग्गा, जमीन पनि मूल्यवान भएका छन् । दिउँसै स्याल कराउने छेउखन्ना त बजारमा परिणत भएको छ । दोविल्ला हुँदै सिल्मीको फाँटबाट आएको मोटरबाटोले यो स्थलको रौनकतालाई टेवा पुर्याएको छ । सिस्ने मूल, जहाँ चिसो पानीको कुवा थियो, त्यसको महत्व घटेको छ घरघरमा पानीका धारा भएर भने एउटा नयाँ ठाउँको जन्म भएको छ “साईकलचोको” । साईकल चोकबाट देउपुजा हुँदै रुग्दीको पाखो भएर गुहेन्यौला गएको मोटरबाटोले पर्वतको दक्षिणी भेकलाइसम्म सेवा पुर्याएको छ । यसरी साइकल चोकले अहिले व्यापकता र महत्व बोकेको देखिन्छ, तर पातिहाल्ना, कटुवा चौपारी, सुवेदी चौर, हटिया–चौर आदि स्थानहरूले आफ्नो पूर्व पहिचानलाई गुमाएको प्रतित हुन्छ । पातिहाल्ना कुनै बेला मैले जान्दा यो ठाउँको चहल पहलमा आकर्षक थियो ।

पसलहरू थिए र मान्छेहरू भेटिने गफ गर्ने समाचार आदान–प्रदान हुने यो ठाउँ ज्ञादीको मुख्य केन्द्र थियो । अहिले यहाँ मात्र एउटा हेल्थपोष्ट र साझा गोदाम छ । कटुवा चौपारी ज्ञादीको धार्मिक, राजनैतिक, सांस्कृतिक र सामाजिक धरोहर बोकेको स्थल थियो । गाउँमा हुने सभा कचहरी, सांस्कृतिक पर्व, धार्मिक पूजा–आजा आदि कुराहरू प्रायः कटुवा चौपारीस्थित शिवालय र सरस्वती मन्दिरमा हुने गर्थे । नेपाली महिलाको चाड हरितालिका पर्वमा धुमधामको रमाइलो गरी मेला भरिन्थ्यो । त्यो बेला हटिया–चौरमा लाखेनाच, ठेलो–खेल आदि पनि प्रदर्शन गरिन्थे । सुवेदी चौर हटिया यी चौरको महत्व अर्कै थियो । भाद्र महिनामा पर्ने श्रीकृष्ण जन्माष्टमी हरसालको राके सक्रान्ती, जनैपूर्णिमा र हरितालिका (तीज)मा यही स्थानमा लाखे नाथ नचाइन्थ्यो । वि.सं. २०४० सालसम्म यी स्थानहरूको महत्व चरम सीमामा थियो । ठुली पोखरी, वितलव, रुग्दी, शंकरपोखरी, सिल्मी, लामाठा र सिम्खेत सम्मका मानिसहरू लाखेनाच हेर्न यही आउँथे । तर यो महत्व अहिले घटेको अनुभव मलाई छ ।

वर्तमान समयमा पाठेश्वरी देवीको महत्वलाई उजागर गरेको कुराले मन हर्ष विभोर भएको छ । स्व. प्रेम शर्मा पौडेलको अतुलनीय योगदानले पाठेश्वरी देवीको पूजा अर्चना चल्दै आएको छ ।

समयसँगै परिवर्तन हुनु आवश्यक हुन्छ । नदीले बाटो बदल्छ । पहाड खिएर साना हुन्छन् । बोट वृक्ष बूढा भएर ढल्छन् । नयाँ विरुवाको प्रादुर्भाव हुन्छ । यसै प्रसङ्गगमा ज्ञादीमा एउट सुन्दर शिवधामको प्रादुर्भाव भएको छ । “अलपेश्वर गुफा” प्राकृतिक छटाको अनुपम खानी ज्ञादी हेर्दा साह्रै सुन्दर लाग्दछ । चारैतिर पहाड बीचको भूभाग सधै हरियाली नै हरियाली अँझै पर्वतको सदरमुकाम कुश्मा र ज्ञादीलाई जोड्ने पुल बनेपश्चात् त ज्ञादीको महत्व अँझै बढेको भान हुन्छ । पर्वतको दक्षिणी क्षेत्रबाट सदरमुकामसम्म पैदल आउने यात्रीहरू ज्ञादीको साइकलचोक भएर छेउखन्ना हुँदै पुल तरी सदरमुकाम पुग्दछन् । पहिले कुश्माको वडागाउँबाट मोदीवेणी झरेर सिरसुवा हुँदै मुडिकुवा पुग्ने बाटोमा आज भोलि झार जङ्गलकै बाहुल्यता बढेको छ । हो, अलेपेश्वर गुफा वि.सं. २०६४मा पत्ता लाग्यो ।

म हुर्के बढेको र शिक्षा आर्जन गरेको स्थान चपाईफाँटबाट अलिकति तलतिर पर्दछ । अलेपेश्वर गुफा । हामीले त्यति बेला “अलपे” भनेर त्यो गुफालाई सम्बोधन गर्थौं चिन्न्े खोलो बग्दै गएर त्यहाँबाट लुकेर अलप भएको हुँदा त्यो बेला त्यो ओडारलाई “अलपे” भनिन्थ्यो । त्यो गुफाका अगाडि भागमा राम्रो उब्जाऊ खेत छ । जनैपूर्णिमा र कृष्णजन्माष्टमी जस्ता पर्वमा हामी केटाकेटीहरू हटिया चौरमा लाखेनाच हेर्न यही अलपेको बाटो भएर जान्थ्यौं । फर्कदा झमक्क साँझ पर्थ्यो । हामी अलपेमा आईपुग्दा भूत निस्कन्छ भनेर खूब छिटो दौडन्थ्यौं । चिन्ने खोलाको आडमा यौटा मूल पानीको धारो पनि थियो, त्यसलाई तुर्तुरेको धारो भनिन्थ्यो । त्यो धारोमा पानी लिन जान्थ्यौं । हामी बाँसको डोकामा तामाको गाग्री र माटाको घैंटो बोकेर । अलपेको नजीकै अलि उचो ठाउँ छ, जस्लाई चम्डिलो भनिन्थ्यो । मलाई थाहा छैन अ‍ैले ती सबै ठाउँका नाउँहरू यथावत् छन् या छैनन् । प्रायः परीक्षाको समयमा चम्डिलाको चौपारीमा बसेर मैले त्भबअजभच माने गुरु बुक माने किताब अनि फादर माने बुबा भनेर टाउँको हल्लाई हल्लार्ई घोकेको अँझै याद आउँछ । तर म त्यहाँ बसेर पढ्दा पनि अलपेबाट भूत निस्कन्छ कि भनेर झस्कन्थे । आज खुसीको कुरा अलपे भित्र शिवको बासस्थान रहेछ ।

वि.सं. २०६४ सालमा श्रीसार्वजनिक मा.वि. कटुवा चौपारीका केही विद्यार्थीहरूबाट पत्ता लगेको “अलपेश्वर गुफा” आज आएर पर्वत जिल्ला मात्र नभएर नेपालकै एउटा भारी महत्व बोकेको शिवधाम बनेको छ । पर्यटकीय दृष्टिकोणबाट पनि यसले महत्वपूर्ण स्थान ओगटेको छ । त्यसैले म ज्ञादीलाई नेपालको एउटा पर्यटकीय नगरी भन्दछु । अनि भोलि यो स्थल संसार भरिका पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्ने कुरा निश्चित छ । पश्चिम तर्फबाट अलपेश्वर बाबालाई दर्शन गर्न जाने पक्की बाटो निर्माण भएको छ । सुन्दर प्रवेशद्वारा नजिकै दुर्गा देवीको आकर्षक मन्दिर निर्माण भएको छ । अलपेश्वर बाबाको दर्शन गर्न अलिकति ओह्रालो ओर्लेर गुफामा प्रवेश गर्नुपर्छ । बीच मार्गमा एउटा राम्रो सत्तल निर्माण गरिएको छ । तुलसी मोठ अन्य मन्दिर र वीर हनुमानको मूर्ति समेत स्थापना गरिएको अलपेश्वर बाबाको गुफा साँचै स्वर्ग जस्तै प्रतित हुन्छ । वि.सं. २०७० साल पौष १३ गतेबाट सबै देवताहरूको सेवा र गुफाको रक्षार्थ त्यही सत्तलमा रहुनुहुन्छ, गुरु मोहन प्रसाद ढकाल । अलपेश्वर बाबा रहनु भएको गुफा नजिकै दाहिने तर्फ १०८ शिवलिङ्ग राखिएको छ । यसरी गत २०७१ साल पौष १७ गते विहान अलपेश्वर बाबाको दर्शनार्थ म पनि त्यहाँ पुगे । मलाई मेरो पूर्व जीवनको स्मरण भयो । पूर्व फर्केर “अलेप” खेत चम्डिलो र पौडेलको पाखो “चपाईफाँट” अनि पौडेलको चौर हेरिरहे हेरिरहे .....।

यो गुफाको संरक्षण र सम्बर्धन गर्नको लागि कुजेविसाउना निवासी श्रीनारायण शर्मा अधिकारीको अध्यक्षतामा एउटा समिति निर्माण गरिएको छ । यस्ता धार्मिक र सांस्कृतिक मठ मन्दिरहरूको विकास र सरसफाईको लागि सदा खटिरहनु पर्ने कार्य समितिको दायित्व हुन्छ । यो गुफाको संरक्षण र संम्बर्धनको लागि यहाँको कार्य समितिको भूमिकाबारे पनि मैले जनमानसमा बुझ्ने प्रयास गरेकी थिए । जनमानसबाट अध्यक्ष श्रीनारायण शर्मा अधिकारी र अरु पदाधिकारीहरूलाई चिनियो । अध्यक्ष नारायण शर्माको पहलमा सरकारी बजेटको सानो अंश भए पनि यो गुफाको विकासको लागि व्यवस्था मिलाइएको कुरा पनि सबैको मुखबाट सुन्न पाइयो । ठीकै छ यस्ता धार्मिक स्थलहरू रक्षार्थ लागिपर्नु हामी सबैको दायित्व हो ।

अलपेश्वर बाबाको दर्शनार्थ प्रत्येक महाशिवरात्रीमा हजारौं धार्मिक जनहरूको आगमन हुन्छ । अनि प्रत्येक सोमबार पनि दर्शनार्थीहरू आउने कार्य भइरहन्छ । प्रत्येक दिन गुरु मोहन प्रसाद ढकालबाट त्यहाँ भएका सबै देवी देवताहरूको नित्य पूजा आजा गर्नुको साथै १०८ शिवलिङ्गको विधिवत पूजा हुन्छ । त्यहाँ दर्शन गर्न जाने धार्मिक जनहरूको लागि अलपेश्वर बाबाको पूजा आजाको निम्ति आवश्यक पर्ने बेलपत्र त्यही उपलब्ध हुन्छ । अलपेश्वर गुफा साँचै अद्भूतताको गुफा हो । हामी यो गुफाको भित्र प्रवेश गर्नुपर्छ मात्र अनेक देवताका प्राकृतिक मूर्तिहरूको दर्शन गर्न पाउने छौं । सुन्दर शिवलिङ्गमा गाईले दुधधारा दिएको देख्दा प्रत्यक्ष शिवजीको दर्शन गरेको अनुभव हुन्छ । ७५० मीटर लामो यो गुफामा एक तर्फबाट प्रवेश गरेर अर्को तर्फबाट निस्कन सकिन्छ । गुफाको बीच भागमा एउटा सुुन्दर पोखरी छ । पोखरीको वर पर ४, ५ सय मानिसहरू अटाउने खुल्ला भूभाग पनि छ । यहाँ प्रवेश गरेपछि स्वास–प्रश्वासमा केही अप्ठ्यारो अनुभव गर्न पर्दैन । प्रशस्त मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । यसरी यो गुफामा पर्वत जिल्लाको सदरमुकाम र ज्ञादी जोड्ने झोलुङ्गे पुल तरेपश्चात् करिब २ कि.मि. पैदल हिडेपछि पुगिन्छ ।

दर्शकहरूको मनोकांक्षा पुरा हुन्छ भन्ने अधिक विश्वासका कारण काठमाण्डौं लगायत पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट भक्त जनहरूको प्रवेश हुने गरेको देखिन्छ । गुफाको दर्शन गरेर खान बस्नको लागि सदरमुकाम कुश्मानै तरे पनि हुने हुँदा तीर्थ यात्रीहरूलाई कुनै असुविधा देखिदैन । ज्ञादी मै पुलको मुखमा पनि राम्रो खान बस्नको व्यवस्था भएका होटलहरू प्रशस्त छन्/अर्को तर्फ त्यहाँ गुफाको सेवामा समर्पित गुरुबाट पनि सक्दो सहयोग सजिलै उपलब्ध हुने गरेको छ । वास्तवमा शिवशक्ति महाशक्ति हो । यो अद्भूत शक्तिको दर्शन गरेर पुण्यप्राप्त गर्न सकिन्छ । सदा सोमबार दर्शन गरौं । यदि सकिदैन भने पनि प्रत्येक महा–शिवरात्रीमा अलपेश्वर बाबाको दर्शन र पूजा अर्चनाबाट पुण्य आर्जन गरी यो जीवनलाई आनन्दित तुल्याऊँ सार्थक बनाऊँ । किनभने देवताहरू र भगवानको दर्शन अनि पूजा अर्चनाले हामी सबैको मनमा आत्मसन्तुष्टि प्राप्त हुन्छ अनि मानसिक शक्ति प्राप्त हुन्छ । आजको तनावपूर्ण जीवनलाई तनावबाट मुक्ति दिलाउने एक मात्र उपयुक्त माध्यम पनि त यही देवदर्शन नै हो भन्दै दुई श्लोक कविता पनि पस्कन्छुः

भौतिकसाथ आध्यात्म विश्वास राख्नु पर्दछ
देव दर्शनले हाम्रो आत्मसन्तुष्ट गर्दछ
जानु निश्च्यनै पर्छ, लानु शून्य छ साथमा
दर्शनार्थ सबै जाऊँ, “अलपेश्वर” नाथमा
(छन्द–अनुष्टुप्)

हवस् त धन्यवाद !
कृष्णादेवी शर्मा
अध्यक्षः विश्वनारी साहित्य समाज
लुम्बिनी अञ्चल
देवचुली–१५, नवलपरासी

  • 878 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    3 sec ago
  • D vermox without a doctor median patent; tubercle, exudate.
    9 sec ago
  • D vermox without a doctor median patent; tubercle, exudate.
    23 sec ago
  • Reply to comment | मझेरी डट कम
    24 sec ago
  • Audible weeks, tattooing ensure fissure.
    47 sec ago
  • Reply to comment | मझेरी डट कम
    52 sec ago
  • Audible weeks, tattooing ensure fissure.
    1 min 1 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 7 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 54 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 57 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • कुकुर
  • समयकाे धुन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • काली
  • महलकी रानी
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • कान्छा छोरा
  • हो गयी लाल
  • किन आउँथ्यो याद तिम्रो
  • नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटा
  • आज पनि सपनीमा
  • क्षितिज पारी
  • तामा
  • सावधान देउरालीवासी
  • गफ हडताल टुक्का महिमा
  • लेकाली फूलहरूको सौगात
  • किसान
  • आखाँभरि सपना तिम्रो छाउन थाल्यो
  • खास कस्को हो ?
  • यसरी नै फुलिरहोस् सयपत्री
  • आज मनमा आगो बल्दा
  • गज़ल
  • बाँकी छ
  • गजल
  • हामी र हाम्रो वातावरण
  • यसपालीको दसैमा आउन पाइन
  • नगर मेरा सामु प्रेमका ती बातहरू
  • सानो गजल
  • होली
  • मनमाया र मेरी आमा
  • सुन्य लाग्छु म त आफैं रित्तो भएछु
  • मुटुभरि माया साँच्ची
  • प्रेम गर तर वाचा नगर
  • चोट
  • म तिमीलाई नभेटी मरेँ भने त
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित