Skip to content


केटा
मान्छेभन्दा ठुलो जात कुन छ र?
मैले छुँदा पानी विष हुन्छ र?
जति सक्छ्यौ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु

केटी
तिम्रो नभई मर्दिन मरे नि
बरु पर्ला फाँसी मै परे नि
म कसरी तर्कौं मायालु?
यो समाजले काँचुली फेर्दैछ अरु केही दिन पर्खौं मायालु

केटा
हुन्न भन्थ्यौ मायामा जातभात
फेर्यौ मन के भूल भो मबाट?
जति सक्छ्यौ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु

केटी
मलाई पनि छ मनमा खिन्नता
किन हुन्छ मान्छेमा भिन्नता?
म कसरी तर्कौं मायालु?
यो समाजले काँचुली फेर्दैछ अरु केही दिन पर्खौं मायालु

शब्द – रमेश बि जी
स्वर – राजु परियार, विष्णु माझी
संगीत – राजु परियार
एल्बम – सुनपानी

2 thoughts on “सुनपानीले छर्क मायालु”

  1. It is a revolutionary song of
    It is a revolutionary song of this time, a slap to the conservatives soceities….

Leave a Reply

Your email address will not be published. Required fields are marked *