Skip to content


छलकपटले चलेको छ यो संसार हेर
यी घटना हिजोका हुन् आज अझै धेर

आज पनि संसारमा यस्तै कर्म गर्छन्
राज्य शक्ति हत्याउन अस्त्र पनि धर्छन्

शक्शिाली बाँचेको छ शक्तिको नै भरमा
निरिह त बाँचेको छ शक्तिको नै डरमा

नाकाबन्दी अस्त्रप्रयोग शक्तिले नै गर्छ
विवेकको प्रयोग गर्दा शक्ति भर पर्छ

प्रजातन्त्र भने पनि तानाशाही चल्छ
शक्तिको प्रयोगमा अग्निज्बाला बल्छ

शक्तिको होडबाजीमा तानावाना बुन्छन्
कहीं सत्ता ढाल्छन् त कही सत्ता तुन्छन्

इन्द्र गर्थे छलकपट आज गर्छन् धेरै
विश्व बन्छ आतङ्कित आज यति खेरै

सत्यबाट टाढा भाग्दै जब नर जान्छ
कुर्सीको भाग माग्दै सबको मन तान्छ
त्यस्तो व्यक्ति सत्यबाट अलगिदै जान्छ
सर्ब कर्म छाड्छ धर्म, सत्ता ठूलो ठान्छ

हिजो चल्ने चक्रव्यूह आज पनि चल्छ
कही सत्ता स्थिर हुन्छ कहीं सत्ता ढल्छ

राज्यकुर्सी हत्याउन लागि पर्छन् सबै
प्रजामुखी चिन्तन तिनमा हुन्न कबै

देब्रे दाहिने हात आफ्नै मुखमा जान्छ
द्रव्य शक्ति देखे भने चुम्बकले तान्छ

लुटपाट लुछाचुडी आपसमा कुस्ती
कुकर्ममा लिन हुन्छन् कहाँ हुन्छ मुक्ति

हिजो भने सत्य थियो बोलेको त्यो टथ्र्यो
मृत्युवरण किन नहोस् सहजमै मथ्र्यो

आज भने छलैबाट पूर्ण छ यो संसार
यही छल कपटले पार्न जान्छ असर

वैदिककालदेखि आजसम्म हेर्दा
भावनाका यथार्थतालाई कोर्दा
देवासुर संग्रामको इतिहाँसदेखि
आजसम्म भिडेकैछन् युद्धमा योद्धा

हिजो लडे देव–देवी दानवहरूसँग
रामा र रावणको युद्ध भयो खुब

पाण्डव र कौरव पनि त्यहाँ लडे
दुबैलाई लडाउन कृष्ण अघि बढे

ठूला ठूला विश्व युद्धहरू पनि भए
दुर्वललाई सवलले ढलाउँदै गए

युद्धको प्रकारमा फरक हुन सक्छ
जित्नेको गल्तिजति वीरतामा लुक्छ्
नेताले प्राप्त गर्छन् सारा राजकाज
जनताको सारा तन यातनामा डुब्छ

युद्धहरू चल्दै गए नाम वेग्ला वेग्लै
नेता हिड्ने शान्तिका नारामाथि खेल्दै

कहिले आउला संसारमा शान्तिको बेला
अमचम्मको छ विश्वमा प्रकृतिको खेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *