Skip to content

निरकुंश पहिरोहरू


त्यो तारेभिर
जो सदियौं देखी
पेमाको गुन्युको वैंश
आफूमा पोखाएर
उन्मत्त बनिरह्यो
पासाङ्गको बलिष्ट पाखुरा निचोरेर
घटघ्टी पिइरह्यो
र आफूलाई
बलवान साबित गरिरह्यो
संगसँगै काठमाण्डौसँग सम्भोग गरेर
जन्माइरह्यो बग्रेल्ती
निरकुंश पहिरोहरू
भत्काइरह्यो राममाया,छीरिङ्गका
आँखाका दह
बगाइरह्यो रामे श्यामे दोर्जेका
आरुफूल सपनाहरू
र पुर्‍याइरह्यो सिंहदरबार,बालुवाटारमा
कुल्चिरह्यो हजारौं जनताका खुसीहरू
मलाई सदियौंदेखिको
यो क्रम भत्काउनु छ
बग्दा बग्दै बाफिनुछ
विद्रोहको ज्वालाले
मडारिनुछ निर्भिकताको
बादल बनी
अनि प्रहार गर्नुछ चट्याङ
तारेभिरको लिङ्गमा
बनाउनुछ नपुंशक

बिना तमाङ ‘सुनगाभा’
काठमाण्डौ बुढानिलकण्ठ
अगस्त ४, २०१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *