Skip to content

हिजोसम्म एक्लै लाग्थ्यो


हिजोसम्म एक्लै लाग्थ्यो, आजदेखि साथी भा ‘ छ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भा ‘ छ

शुन्यतामै जिन्दगी यो, बित्छ कि जस्तो लाग्थ्यो
कर्मलाई भाग्यले नै, जित्छ कि जस्तो लाग्थ्यो
तर आज भाग्यभन्दा, कर्म अलि माथि भा ‘ छ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भा ‘ छ
हिजोसम्म एक्लै …………………………………….

बन्द पर्दा जिन्दगीको, अब त खुल्न थाले
रहरका फुल मनमा, अब त फुल्न थाले
छातीभित्र खुशीका, लावा लस्कर ताँती भा ‘ छ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भा ‘ छ
हिजोसम्म एक्लै …………………………………..

बसन्त दहाल (सहयोगी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *