ध्यान गरे ब्रह्माजीले अति सौम्यरूपले
पाइँदैन तिम्रो दर्शन त्यसै दौड धूपले
सर्ब नाम सर्ब काम योगनिन्द्रा गर्छिन्
देवी पथलाई सजाएर भक्ति छरे खुपले,
ब्रह्माजीको स्तबनले त्यहाँ हलचल ल्यायो
देवीलाई प्रकट हुन अब बाध्यता नै आयो
तमगुणले भरिपूर्ण देवी रूप छायो
विष्णुकै अङ्गबाटै यो प्रकटमा आयो
नेत्र, मुख, नासिका अनि बाहु साथै
हृदय र बक्षस्थलले देवी तन पायो
विष्णुबाटै योगनिन्द्रा जब बाहिर आइन्
विष्णु जागे शयनमा, सौम्यतामै छाइन्
जब परे विष्णुनेत्र ती दुई दैत्यमहाँ
आनन्द हुन गयो ब्रह्माजीलाई त्यहाँ
ब्रह्माजीले सारा कुरा विष्णुजीलाई भने
दानव बाट बढेको त्यो मुटु धड्कन गने
ब्रह्माजीको सारा कुरा विष्णुजीले सुने
दानवसँग लड्नै पर्ने मनमा कुरा गुने
दानवको चाल थियो ब्रह्माजीलाई खाने
अब भने लड्न पर्ने विष्णुसँग ठाने
बलवान पराकर्मी लाल नेत्र धर्दै
मधु कैटभ अघिसरे हुङ्कारलाई भर्दै
जब दुबै अघि बढे युद्ध गर्नलाई
विष्णु पनि अघिसरे बाहुयुद्धलाई
पाँच हजार बर्षसम्म बाहुयुद्ध भयो
दुबै पक्ष बराबरी लडाइमै रह्यो
बलमत्त दुबै दानव घमण्डले पूर्ण
विष्णु खोज्थे यो शक्ति पार्नलाई चूर्ण
यी दुबैले भन्न थाले रैछौ बलवान
हामी पनि कम छैनौ तिमी पनि जान
यता युद्ध चल्दै थियो दुबै थरी बीच
शक्तियुक्त धारणमा कोही छैन नीच
महामाया व्यस्त थिइन् मोहरूप छर्न
साराशक्ति सञ्चालित शान्तिरूप धर्न
दानव र विष्णु बीच भयो बार्ता लाप
विष्णुले भन्न थाले ‘वरदान माग साफ’
मधु कैटभले भन्न थाले हामी दिखन्छौं वर
इच््छ्यानुकुलको वर माग्न अल्लि अघि सर
जनार्दनले वर माग्न उचित नै ठाने
यही मौका चुक्न हुन्न भन्ने कुरा जाने
मार्छु म तिमी दुई, म बाटै नै मर
अरु वर के नै माग्नु यही मागे वर
धोकापूर्ण वरदान भयो जानाजान
हामी भन्छौ एक कुरा तिमी पनि मान
हामी पछि हट्दैनौं बचनमा छौ पक्का
पायौ वरदान यसमा लाग्ने छैन धक्का
मार तिमीले हामीलाई जहाँ जल छैन
यही भयो हाम्रो माग छलकपट हैन
जनार्दन प्रभूले त तथास्तु नै भन्छन्
मधु कैटभ दुबैलाई जाँघमा नै धर्छन्
चक्रबाट जनार्दनले दुबै बध गर्छन्
ब्रह्माजीका सारा कष्ट यसैबाट टर्छन्
ऋषिले सबै कुरा राजा र वैश्यलाई भने
सांसारिक सबै दुःख कष्ट एक एक गने
यिनै माया जालको मायामा परी
याद आउँछ सबैको हेर घरी घरी
तिमी पनि हेराजन् अक्षुतो त छैनौ
महामाया जालमा नफसेका हैनौ
यही हुनाले सारा तन डुब्यो यादरसमा
राज्य, वैभव, स्त्रीपुत्र इन्द्रियको बसमा
वैश्य पनि यही रोगले सत्तिएको छ नि
यि नै तत्त्ब जीवनका कष्ट दायी हुन् नि
भजन
मारे विष्णुले मारे विष्णुले
मधु कैटभ दानवलाई मारे विष्णुले
कल्पअन्त्य समयमा विष्णु शेषनाग शयनमा
योगनिद्रा विराजमान विष्णुजीका ती नयनमा
दुई दानवको जन्म भयो प्रभूको कानेगुजीबाट
शक्तिशाली दानव थिए घुम्थे यी साह्रै चयनमा
मारे विष्णुले
देखे तिन्ले ब्रह्माजीलाई कमलपूmलमा बास
कमल काण्ड हल्लाउँदा उनमा बढ्यो त्रास
दुबै भन्छन् ब्रह्मालाई अब तल झर्न प¥यो
भोक हामीलाई लागेको छ पार्छौ एकै गास
मारे विष्णुले
ब्रह्माजीलाई डर लाग्यो गए विष्णु सरण
जस्ले गछन संसारलाई दिन रात भरण
विष्णु थिए शयनमा मस्त थियो निन्द्रा
योगनिन्द्रा विराजमान विष्णु चरणमा
मारे विष्णुले
ब्रह्माजीले भन्न थाले योगनिन्द्रालाई
रक्षागर मलाई विष्णुजीलाई जगाइ
योगनिन्द्रा प्रकट भइन् विष्णुजी जागे
ब्रह्माजी खुसी भए विन्तिलाई चढाई
मारे विष्णुले
very good work. Try to
very good work. Try to better.