Skip to content


बिरामी नं १

हल्का टाउको दुख्थ्यो
अलिअलि मुख सुख्थ्यो
यताउता धन खोजेर आइयो
डा साहब
यो एक्सरे
भीडियो एक्सरे
रगत जाँच किन चाहियो
आफूलाई त्यस्तो गम्भिर पाको छैन
डा साहब बरु डिस्चार्ज गरिदिनुस
म त जान्छु
मलाई खास केही भाको छैन ।

बिरामी नं २

ऋण सापट गरेर
उपचार गर्न आइयो
डाक्टर खोज्न
कहिले सरकारी अस्पताल
कहिले प्राइभेट अस्पताल धाइयो
नाम चलेका भन्दै
डा साहब, तपाई कहाँ आइयो
खुट्टाको थियो समश्या
तपाईंले त पेटको अपरेसन गराइ दिनु भो
पेटको त कै समस्या पाको छैन
डा साहब छोडिदिनुस

बिरामी नं ३

म त
छोरालाई बिदेश पठाउन आउदा
यसो तपाई भेटौं भनी मात्र आको
होस आउदा आफूलाई बेडमा पाको
नाम जुरेर
भेटनरीका डा भन्या तपाई हुन आको
डाक्टर साहब यो के बनाइदिनु भाको
अहिलेसम्म सिटामलसम्म खाको छैन
अपरेसन त के सुइसम्म पनि लाको छैन
यो के गरेको डा साहब
मलाई त आजसम्म केही पनि भाको छैन ।

प्रेम आली ढकलपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *