Skip to content

पाँच मुक्तक (लघानुपर्छ)


१. लघानुपर्छ
अब भ्रष्टहरूलाई पो पानी बार्नु पर्छ
चुला–चौका र अन्न दिन छाड्नुपर्छ
मौका दिँदा पनि नसप्रिने भएपछि –
डङ्कुटी लगाएर देशबाटै लघार्नुपर्छ

२. ताजा सिद्धान्त
प्रधानमन्त्री पनि एक वर्ष टिक्न छाडे
जसलाई खाँचो छ उनीहरू सिक्न छाडे
अन्धानुकरण नै जीवन बाँच्ने शैली भएपछि
राजनीतिको बजारमा ताजा सिद्धान्त बिक्न छाडे

३. मन्त्री लिलाममा छ
कर्तव्यका दुर्गमा आस्थाका सिपाही नरहेपछि
मयलपोसमा विधायक खरिदका नोट भरिएपछि
जनता नेताको सख्त खिलापमा छ,
किनभने मेरो देशमा मन्त्री पद लिलाममा छ

४. सन्तान
प्रीतिभोजमा आएका पाहुना झैँ हुन् सन्तान
मीठो भए प्रशंसा, नमीठोमा दन्तबझान
पखेँटा लागेपछि गुँडमा नफर्कने चराका बच्चा झैँ
बाउआमा कल्पिन्छन् –‘दुई सन्तान ईश्वरका बरदान ’

५. नाता
लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो
चित्त कित्ताकाट नगर दम्पति हो –
त्यसपछिको नाता टाउका माथिको लोहोरो हो

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल : उपप्राध्यापक, मन्थली क्याम्पस, मन्थली, रामेछाप

1 thought on “पाँच मुक्तक (लघानुपर्छ)”

  1. पेशलजी निकै राम्रो प्रयत्न
    पेशलजी निकै राम्रो प्रयत्न भएकाे बुझेर खुसी लाग्याे । शीर्षकमा रेफ छुटैकाे छ एडिट गर्नु त ।
    तपाइँकै क्षेत्रकाे साथी हाेम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *