Skip to content

सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)


महिषासुर जब मर्यो
देव संकट अब टर्यो
विजयको यो खुसीलाई
सबै भक्तिभावमा सर्यो

सारा लागे ती स्तबनमा
एकाग्र भै भक्तिभावमा
देवी दिन्छिन् दर्शन यहाँ
हर्ष–विभोर भै गाथमा

देवी बोल्छिन् देवतासँग
मुस्काउँछिन् ती मगमग
सारा देवमा भावना छर्दै
शीलशैलीमा चढ्दो रंग

भन अभिलाषा के के छन्
भरीदिन्छु सबको मन
सम्पन्नताको धारणाली
सवल हुन्छौ सर्बजन

माग सवले वरदान
हुन्छ सवको समधान
पीर पनि छैन समान
याम सबको बलवान

कुरा आउँछन् क्रम भङ्ग
देवता पर्छन् अति दङ्ग
यहाँ छायो अति उमङ्ग
बदलिदो छ रूप रङ्ग

जब यी सब भावनामा
देवता लागे कामनामा
देवीले गरिन् क्रमभङ्ग
लोकै लाग्यो आराधनामा

अब पालो देवता बोल्ने
मनको कुरा सबै खोल्ने
बोले देवता पयौं सबै
हामीमा कमी नहोस् कबै

हामीमा दुःख जब पर्छ
दर्शन हामी पाउनै पर्छ
दर्शन मात्रै पाउनाले
हाम्रो कष्ट सहजै टर्छ

देवताका बचन सुनिन्
तथास्तु भन्दै देवी बोलिन्
सब भार हरण गरी
अन्तध्र्यानको बाटो रोजिन्

भजन

मारिन् देवीले मारिन् देवीले
महिषासुर दानबलाई मारिन् देवीले

सत्य थिए देबहरू सत्यतामै रहे
हिमालय पर्वतमा वरदान लिन गए
करुणाभो देवीजीको दर्शन नै पाए
सारामर्म परेको नै बेलीबिस्तार लाए,
मारिन् देवीले…..

देवताका सारा मर्म जब सुनिलिइन्
सबै जीवको कल्याण गर्छु भन्दि पनि भइन्
सबै लोकको भार हर्नु मेरो नै हो काम
त्यसैले नै मेरो रह्यो नवदुर्गा नाम
मारिन् देवीले

पापीष्ट महिषासुरले जति दुःख दियो
देवताका सारा भाग त्यसले हरिलियो
अब सबै ढुक्क हुनु हक दिलाई दिन्छु
त्यस पापी दानवको प्राण खैंची लिन्छु,
मारिन् देवीले

निश्चित हऊ देवहरू, आफ्नो स्थान जाऊ
पाउने छौ तिमीहरू आफ्नो आफ्नो भाऊ
यति भन्दै देवीजी लौ अन्तरध्यान भइन्
महिषासुर बध गरी कल्याण गर्दी भइन्
मारिन् देवीले

1 thought on “सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)”

  1. निकै मेहनत गरेर लेख्नु भयाे ।
    निकै मेहनत गरेर लेख्नु भयाे । अरु अरु पनि पढूँ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *