Skip to content

कोहलपुरमा गजल प्रतियोगिता कार्यक्रम सम्पन्न

20150411_KapilAnjan_News


कोहलपुर
२८, चैत्र २०७१

नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको आयोजनामा नयाँ वर्ष २०७२ को अवसरमा शुभकामना आदान प्रदान तथा खुल्ला गजल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गजलकार देवेन्द्र आचार्य, झनक अधिकारी, हरि प्रकाश भण्डारी र प्रशंसा वली क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

प्रतियोगितामा स्थान प्राप्त गर्ने प्रतियोगिहरूलाई महेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख तथा नेपाली साहित्य परिवारका अध्यक्ष डम्मर बहादुर पुनले क्रमश २०००, १५००, १००० र ५०० तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य हरिप्रसाद तिमिल्सिनाले यस्ता प्रतियोगिताहरूले स्रष्टाहरूलाई लेख्ने वातावरण्को सिर्जना हुन सहयोग पुग्ने तथा अरुका रचनाहरूको सम्मान हुने बताएका छन् ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सहायक क्याम्पस प्रमुख श्रीधर अधिकारी, समालोचक पुष्कर रिजाल पुष्प, गजलकारहरू ऋचा लुइटेल, कपिल अञ्जान, सन्तोष विष्ट, कमल बडुवाल लगायतले नयाँ वर्षको शुभकामना तथा रचना वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *