Skip to content

सगरमाथा साहित्य परिषद्को हार्दिक आमन्त्रण


सगरमाथा साहित्य परिषद्को संयोजकत्वमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा ‘खुल्ला कविता प्रतियोगिता’ आयोजना हुने भएकोले ‘प्रजातन्त्र’को सेरोफेरोमा रही लेखिएका आ–आफ्ना मौलिक कविता (गजल, गीत, प्यारोडीसमेत) वाचनका लागि इच्छुक साहित्यानुरागी महानुभावहरूमा हार्दिक अनुरोध छ ।

मिति – २०७१ फाल्गुन ७ गते
समय – १ बजे ।
स्थान – जिल्ला विकास समितिको सभाकक्ष
पुरस्कार– प्रथमलाई नगद रु. १,५०० एवं प्रमाण पत्र
द्वितीयलाई नगद रु. १,००० एवं प्रमाण पत्र
तृतीयलाई नगद रु. ५०० एवं प्रमाण पत्र

नोट– उमेरमा काँचा र पाका सबैले वाचन गर्ने आफ्ना मौलिक रचनाको एक प्रति नाम, ठेगाना र सम्पर्क नं. खुलाई कार्यक्रमस्थलमा वा अगाडि ससाप अध्यक्षलाई अनिवार्यरुपमा बुझाउनुपर्ने छ । कविता (गजल, गीत, प्यारोडी समेत) नेपाली, मैथिली वा थारु भाषामा हुनुपर्ने छ ।

विस्तृत जानकारीका लागि
अध्यक्ष– मनोहर कुमार पोखरेल– मो. नं. ९८५२८२१०२१,
उपाध्यक्ष– साधना झा– मो. नं. ९८१४७४६४५९,
सचिव– नन्दलाल आचार्य– मो. नं. ९८४२८२९२०६
सगरमाथा साहित्य परिषद्, केन्द्रीय कार्यालय, राजविराज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *