Skip to content

अभिनव नववर्ष


नयाँ साल ज्योतिपुञ्ज
फिजाएर आऊ
व्याक्ति व्यक्तिको सोचमा
सुविचार ल्याऊ

अबला दु:खीलाई
देऊ नयाँ शक्ति
वैर विषमता हटाई
हर जनमा भक्ति

आर्थिक क्रान्ति बढाऊ
देश भर उन्नति
हौसला अपार जगाऊ
सफल बनून सन्तति

प्रत्येक नेपालीको
आशाहरूमा छर्दै हर्ष
मिलन आनन्द ल्याऊ
अभिनव नववर्ष ।

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *