Skip to content


अँध्यारोभित्रको
अँध्यारो शहरमा
बिकेकाछन्
मान्छेजस्ता देखिने
मान्छेहरू
मान्छेका आस्थाहरू
अस्मिताहरू
नैतिकताहरू
निष्ठाहरू
विश्वास
र, वर्तमानहरू।
अँध्यारोभित्र
अँध्यारो शहर
लुटिरहेछ
लुछिरहेछ
तानिरहेछ
हानिहरेछ
मारिरहेछ
खाइरहेछ
र, पचाइरहेछ
लागातार/निरन्तर
मनवीय मूल्य र मान्यताहरू।
अँध्यारोभित्र
अँध्यारो रुचाउने
अँध्यारा तानाशाहहरू जन्माउने
अँध्यारो शहर
अर्को तानाशाह जन्माउने
तम्तयारीमा भित्रभित्रै जुटेको छ
भित्रभित्रै हाँसेको छ
भित्रभित्रै नाचेको छ
अध्यारो शहर अँध्यारोमा
भित्रभित्रै खुशी बाँचेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *