Skip to content


छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।

घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।

बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।
कलिलोमै सार्है अमिला , त्यसैले बाँसका तामाहरु ।

खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु ।

परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।
मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु ।

9 thoughts on “गजल”

  1. Great!!! Dineshjee. Sabanama
    Great!!! Dineshjee. Sabanama rune ra barbaraune rog ta malai pani lageko chha, tapai lai matrai kaha hora…..
    Alok

  2. दिनेश जी,
    नेपाली

    दिनेश जी,
    नेपाली जन-जीवन को वास्तविकता,यथार्थ परक परिबेश, पिडा र जलन लाई प्रतक्ष सम्बोधन गर्नु भयको छ । तपाईं को गजल को व्याख्या गर्ने शब्द छैन म सँग । तपाईं को गजल नपढेको नि धेरै समय भयको थियो । निक्कै तिखारियको पाय । साहित्यिक यात्रा को सफलता को कामना ।
    अनि, अलोक जी, मलाई त सपनिमा बर्बाराउने रोग अझै सम्म लागेको छैन । तपाईं बर्बाराउनु को कारण मलाई थाहा छ । तर पब्लिक लाई भन्न त भयन नि । हा… हा… हा…

    प्रकाश,

  3. tapai jasto kalam, maile pani
    tapai jasto kalam, maile pani paye hunthyo
    yastai yastai sirjana, pur-puro ma aaye hunthyo /
    jalan bayo yo gajal maile lekhnu parthyo
    yo maile lekhya baye …… ke tarif garthyo!!!!!!!!!…..
    ……ustai badai chha yo gazal ko lagi……
    Lakpa Sherpa

  4. aaja bholi ani
    aaja bholi ani parshi…..sadha sadha mero subhakamana maan bata sahitya jagataka kalila fool lai…

  5. ‘खै कस्को भविष्य कसरी उज्वल
    ‘खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
    ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु’
    गजब!! साह्रै मनपर्यो!
    -आश्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *