Skip to content

मरेरै जाने हो एकदिन, सबै डाडांमै पुग्ने हो |
फूल पनि ओइलाई झर्छ, रहिरहने सुबास हो ||

मरेरै जाने हो एकदिन, सबै खोलामै पुग्ने हो |
नदि नाला सुकेर जान्छ, रहिरहने हिमाल हो ||

मरेरै जाने हो एकदिन, सबै माटोमै मिल्ने हो |
पहाड-पर्बत पहिरोमा बग्छ, रहिरहने माटो न हो ||

मरेरै जाने हो एकदिन, सबलाई रुवाएर जाने हो |
माया-मोह छुटदै जान्छ, बाँचीरहने नाम मात्र हो ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *