Skip to content


ए चुनु मलाई भेट्ने चाहा हो भने
वर्ग संघर्षको मैदानमा ओर्ल
जहाँ म सहिदको सपना बोकेको छु
माक्र्सवादलाई आम्तसाथ गर्दै
सडकपेटी र झुपडीमा
वर्गचेनताका विगुलहरू पुर्याउने छु
प्रति दशकमा परिवर्तन भइरहेने
संसदीय कुरुप चरित्रको पर्दाफास गरी
आलिसान महल र पजेरा मुनीका
देशद्रोहीहरूको अस्तित्व खतम गर्दै
देशमा आमुल परिवर्तन गरी
न्याय र समानतामुलुक समाजको निर्माण गर्न
हजारौं शोषित,पिडतको मुक्तिको नेत्रीत्व गरेर
लाखौं गरीव,दुखिको माया ममता वोकेर
छाती अघि संगिन र बन्दुक तेर्सिए पनि
पछि नहट्ने कसम खाएर
आफ्नो ज्यानको बाजी राखेर लडिरहेको हुनेछु
त्यसैले तिमीले मलाई भेट्न चाहने हो भने
मलाई भेट्न वर्ग संघर्षको मैदानमा नै आउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *