मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
समयचक्र
anilkhatiwada — Mon, 02/09/2015 - 00:26
झरी ठुलो बेगमा छ । आकास धरतीलाई ब्राम्हास्त्र झैँ लाग्ने डरलाग्दो चट्याङ्ग प्रहार गर्दै थियो । ती प्रहारहरू कतै रुखका हाँगाहरूलाई सुकाउन झरे भने कतै बस्न बस्न लागेको बस्ती उठाउन । भोलि उज्यालो भएर घाम देख्न पाउने झिनो आशामा सारा संसारको सुत्ने कोसिस जारी छ । निद्रा कसैलाई परेको छैन ।
भिटामिनको सीसी दुलो पारेर बनाएको मट्टितेल बत्तीको सहारामा बीरबहादुर आफ्नो छोराले लाहोरबाट पठाएको दुई वर्ष पुरानो चिठी एकाउन्नौ पटक पढ्दै छ । छतको फुटेको टायलबाट पानी चुहुदो छ । चुहिएको पानी आतंकबाट बच्न कतै बटुका कतै अम्खरा त कतै कसौंडी थापिएको छ । बीरबहादुरकी पत्नी निर्मला ओछ्यान मिलाउदै छिन् । गोठमा गाइ बस्तु कराएको पनि सुनिन्छ ।
“नसुतेर के गरिराख्या ?” निर्मलाले एक गिलास तातो पानी बीरबहादुरको नजिकै राखेर सोधिन् ।
“तलाई निद्रा लागेको छ र ?” बीरबहादुरले आफ्नो चस्मा मिलाउदै निर्मलातिर फर्केर सोध्यो ।
निर्मला केही बोलिनन् । तर उसको मौनताले धेरै कुरा प्रस्फुटन गरेको थियो जुन कि त उनैले बुझेकी थिइन् कि वीर बहादुरले अलि अलि बुझेको थियो कि भगवानले यदि छन् भने ।
“तिमीहरूलाई खुसीले राख्न सकिन हगी ?” बीरबहादुरले चस्मा फुकालेर सिरानी नजिकै राखे । अनि खाटमा पल्टिदै भने ।
“ह्या सुत्नुस् अब के नचाइने कुरा गरिरा ?”
“मैले त केही कमाउन सकिन अलि अलि भएको पनि कुकुरले लाहोर गएर कमाएर ल्याउछु भनेर लिएर गयो आजसम्म अत्तोपत्तो छैन । एक चोटी चिठी पठाएको थियो न त त्यस पछि चिठी नै आएको छ न त खबर नै । बुहारी ल्याएर घरमा राखिदिएको छ । त्यसको पो बिचल्ली भएको छ बरा । तैले पनि काम गर्न नसक्ने भैहालिस् बिचरा त्यो बुहारी मात्रैले घाँस, दाउरा, कुलो अनि पधेरो एक्लैले कसरी गरोस् । घरको हालत यस्तो छ छत बनाउन सकेको छैन।”
कान्छा बा.... कान्छा बा......
भोलिपल्ट बिहानै बीरबहादुर बाँसको चोया पानीमा भिजाउदै थिए । गाउको हुलाकी गोठको तगारो देखिनै चिच्याउदै आयो । “सरकारले पोहोर खोलाले बगाएको खेतको पैसा दिने भएको छ । कठ्ठाको दुई हजार । तपाईं पनि आफ्नो पैसा लिन सदरमुकाम जने हैन ?”
बीरबहादुरको अनुहारमा एकाएक वसन्त लाग्यो । दुई थोपा तप तप खुसीका आँसु आँखाबाट चुइएर उनका गलबन्दीमा झर्यो । हृदयले चाहेकोभन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले ऊ अत्यन्त विस्मित भयो । एकछिन त उसलाई विश्वास नै भएन बिपना भन्ने त्यसैले सुटुक्क आफ्नो हातमा भएको चोया खुर्कने छुरीले बिस्तार हातमा घोच्यो । अनि बिपना भन्ने प्रमाणित भएपछि चिच्याउदै निर्मलालाई बोलायो ।
“काली ! अब हाम्रो दु:खका दिन रित्तिए छन् । त भन्थिस् नि भगवान्ले एक दिन हामीलाई जरुर हेर्छन् भनेर हेर, त आज भगवानले हेरेका छन् । अब त्यो पैसाले हामी घर राम्रो बनाउनु पर्छ अनि लालबहादुरले बारी बेच्छ रे त्यो पनि किन्नु पर्छ । ल्या त त्यो मेरो कोट अलि राम्रो भएर जानु पर्यो नि पैसा लिन त”
निर्मला भित्रबाटै सम्पूर्ण कुरा सुन्दै थिइन् त्यसैले हत्तपत सन्दुकबाट कोट झिकेर ल्याइदिन । निर्मलाको अनुहारमा आज धेरै वर्ष पश्च्यात चमक देखेका छन् बीरबहादुरले । उनी पनि गद्गद् छन् आज ।
उनी कुदा र कुद गरेर सदरमुकाम पुगे । बटामा मिठा मिठा सपना बुन्दै । बुढो ज्यान थकाइ त अधिक नै लागेको थियो होला तर सुखको दिनमा साना तिना दु:खको कसले वास्तागर्छ । उनी एक ठाउमा पनि टुसुक्क नबसी सदरमुकाम पुगे ।
त्यहाँ मान्छेहरूको भीड अत्यन्तै देखिएको थियो । चार पाच जना त ढुंगा लिएर कार्यालयतिर हान्दै पनि थिए । पुलिसले उनीहरूलाई समातेर लादै थियो । त्यो मध्धेको एउटा चिच्यायो, “सरकारले गरिबको लागि भनेर ल्याएको योजना तिमीहरू धनिहरू कै लागि त होनी । हाम्रा बाजु बराजे देखि दु:ख गर्दै आएको त्यो एउटा फगटो थियो त्यसलाई पनि ऐलानी र नम्बरी भन्ने अनेक बहाना बनाएर हाम्रो लागि आएको पैसा यो पाली पनि तिमीहरू नै खायो । हामी गरिब त जन्मन्छौ मर्छौ । तिमीहरूको स्वास्नी ने झुम्रो किन्न पाएनन् भने त बरवाद नै भैहाल्छ नि ।”
पुलिसले तिनीहरूलाई कुट्दै लग्यो । बीरबहादुर पनि ऐलानी भन्ने सब्दबाट झस्कियो । उसले पनि पैसा नपाउने भयो । डङ्गुर जग्गा भएको जमिनदारहरूले पैसा पाए खान लाउन नपुग्ने बीरबहादुरले पैसा पाएन । निरास भएर रित्तै हात घर फर्कियो । फर्कादा ऊ धेरै पटक ढुंगामा थकाइ मार्दै आएको थियो । आफ्नो लोग्नेको निरास अनुहार देखेपछि निर्मलाले केही सोधिनन् बीरबहादुर अलिकति भात खाएर सुत्न गयो । निर्मला रातभरिनै खातमा पल्टेर आँसु झरिनै रहिन् ।
यहिरहेछ जीवनको समय चक्र । दु:ख अलिकति सुख अनि फेरि दु:ख
- 522 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- थाप्छु दश करोड नि
15 hours 30 min ago - सुझावको लागि धन्यवाद सर !
1 day 21 hours ago - गजब रहेछ मित्र ।
2 days 13 hours ago - ल धेरै असल समीक्षा अायाे ।
4 days 11 hours ago - यसको अरिजिनल याहा सम्लग्न
4 days 12 hours ago - असल लाग्यो मित्र ।
1 week 3 hours ago - Naman hajur
1 week 8 hours ago - Marmik
1 week 2 days ago - धेरै धेरै धन्यवाद ।
1 week 2 days ago - bujna kathin
2 weeks 5 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- आज मन उडेर भाग्छ
- जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- सगरमाथा छोएको क्षण
- छोरीको जन्मदिनको शुभकामना
- मेरी आमा, प्यारी आमा
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- यसै गरी बिताईदिन्छु
- तिमीलाई जन्मदिनको शुभकामना
- म हुरीमा दियो जलेको देख्छु
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- पाँच मुक्तक (अब त टाढा भएछु)
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मलाई नसोध कहाँ दुख्छ घाउ
- मीरा (प्रेम कथा)
- मेरो छोरो भेटिएको छ
- प्रिय मेरी मायालु तिम्रो यादमा
- ए झरी नझरी देउ यसरी
- धोका दियौ तिमीले
- मोहनी लाग्ला है
- घुर ताप्ने बस्तीहरूमा
- छेक्यो छेक्यो देउराली डाँडा
Last viewed:
- स्वप्नदृष्टि यात्रा महाकाव्यको शल्यक्रिया गर्दा
- कल्पनाको क्यानभासमा बन्दीपुर
- हाङ्छा
- "मेरो प्यारो स्वर्ग" लिएर आए गायक भरत थापा असफल
- गजल
- सिमसारे कमलको फूल तिमी
- गौथली र भँगेरा
- पाए हुन्थ्यो मुटु मै बास हजुरको
- गजल (भन्यौ, सुनें, बुझेँ)
- तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
- छापामार युवतीको डायरी
- साच्चै हो?
- आज तिम्रो धेरै याद आयो !!!!!!
- दुई कविता
- इतिहासको कठघरामा चन्द्रशमशेर
- मेरो गाउँ
- एउटा कथा यस्तो पनि
- कैलालीकाे अातङ्क
- सम्झना : दैवज्ञराज न्यौपाने
- "जिन्दगी को यात्रा"
- सन्देश
- सुन्नेलाई सुनको माला - लघु कथा
- यता पनि दुखेको छ उता पनि दुखेको छ
- नेपाली ढुकढुकीः लोकगीतको महत्व दर्शाउने कृति
- देश कसरी उभो लाग्छ ?
- सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
- गजल "मेरो गाउँ"
- त्रिभुवनसँगका रोचक प्रसंग
- मन भरीका रहर ओठ भरी डुलुन्
- सुनपानीले छर्क मायालु
Post new comment