धुलि धुसरैले, भरिए जवानी ।
के बाँकी भयो र, तस्बीरे कहानी ।।
नियालेर हेर्न, अब बन्द गर,
मिलनको आषा, थ्यो र पो कहानी ।
कोमल भाव र सरस स्वाभाव
उपहार तिम्रा बनेका निसानी ।
अर्जुन म हैन चढाएर ताँदो
सरै खैंचिएर लगाउँ निसानी ।
सिरानीमा तस्वीर भो राख्न छोड,
सपना सुहाउने, रहेन कहानी ।
कठोर दिल, मन भा’को केटो
हरायो प्रतिमा, र बन्यो कहानी ।
द्रवित नहुने, प्रकृति के होला
सधैँको आर्त, सुनेर भक्कानी !
रस्ता नापेका, जोडा पाईला छुटे
खत मन नहर्नु, टुटे कहानी ।