Skip to content

दुई मुक्तक (यहाँ छ)


एक
यहाँ छ गाँस,कपास,बासमा राजनीति
बाँचुञ्जेल चलिरन्छ सासमा राजनीति
संसारमा नेपाल नै एउटै होला जहाँ
मरेपछि पनि चल्छ लासमा राजनीति

दुई
थोरै समतल न हो तराई के भन्ने
यहीँ र त्यहीँ बसाई सराई के भन्ने
साँचो कुरा बिहे गरी गइसके पनि
अँझ मुटू भित्र नै छौ पराई के भन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *