Skip to content

मुसी को बिहे

मुसी खुसि छे
सुन्दर भाकी छे
शृंगारले होइन
मेरो माया ले
मेरो हुने अभिलाषाले
लजालु, मायालु, संयम छे
जे होस् मुसी खुसि छे

चाहना पुरा हुदैछ उसको
मेरो जीवनको मालिक हुदैछे
जीवन भ्रमणको सहयात्री
नछ्ट्टिने साथी
मेरो कथाको नायिका
ममा समाहित भाकी छे
जे होस् मुसी खुसि छे
भुइमा खुट्टा छैन
सपना थप्दैछे
मलाई अङ्गाल्न आतुर
अनि नछोड्न तत्परछे
जे होस् मुसी खुसि छे

उसको जीवनको निर्णय
मसंग बाच्ने
सधै, संगै, अनन्तसम्म
जीवन पर्यन्त पनि
सबै थोक लत्याएर
म रिसाहा लाइ पत्याएर
आशु र मुस्कान संयोजन गर्न आकीछे
जे होस् मुसी खुसि छे

म कदर गर्छु मुसी तेरो भावना
तेरो बलिदान
अनि हाम्रो सम्बन्धको
उतार चढावको पहिचान
तेरो हिम्मत पनि
तलाई अन्तरात्माबाट अंगाल्नेछु
तेरो सिउदो को कदर हुनेछ
तलाई फेरी खुसि पार्ने छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *