Skip to content


सोझो सज्जन हेर मलाई भड्काएर गए
गफाडीले गफै गफ बर्साएर गए

सुन्थेँ मात्रै बुन्दै सप्ना केहि गर्या हैन
खै! किनहो , जानेहरू जिस्क्याएर गए

दु:ख सुख साटे जस्तो लाग्थ्यो कुरा गर्दा
यो दुखीलाई दुखै मा त अल्झाएर गए !

आका रैछन् लुट्न धेरै पछि थाहा भयो
खोक्रै त थेँ आखिर केनै रित्त्याएर गए ?

सुन्छू धेरै माथि छन् रे ती छुद्र अहिले
धन्य! मलाई यो दुनिया देखाएर गए !!!!!!

1 thought on “धन्य गफाडी!!”

  1. गजल समय साल्दर्भिक र
    गजल समय साल्दर्भिक र मर्मस्पर्शी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *