Skip to content

इच्छा, अविश्वास र असहमति


मेरा हरेक पदचापहरू नाप्दै
विश्वासको हिसाब किताब लगायौ,
नजाने खै किन हो फेरि
अन्तर मनबाट मेरो साया नै भगायौ ।
मेरा आलिङ्गनहरू नाप्दै
कञ्चन प्रेमको परिधि बनायौ,
अबुझ,अनाडी अनि असभ्य बनाउदै
मेरो विश्वासमा असहमति जनायौ ।
म सम्झन्छु,
तिम्रा हरेक रोदन अनि क्रन्दनहरूमा
अभावका आँशु बग्दछन,
स्वप्निल जीवनको उडान भर्दा
विचारबाट व्यवहारहरू भाग्दछन ।
म बुझ्दछु,
अभावले इच्छाहरू खोस्दछ
अनि बिद्रोहको बाटो समाउदछ ।
ख्याल गर्नु,
धैर्यको त्यान्द्रो छोड्यौ भने
घर फुट्दा गवार रमाउछ ।
प्रेम बिद्धुतीय तार होइन
च्याट्ट जोड्यो झ्याप्प बलिदिने ।
बरु हरियाली बगैचा हुन सक्छ
फूल झैँ ढपक्क फूलिदिने अनि,
फल झैँ लटरम्म फलिदिने ।।

-कृष्ण के.सी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *