Skip to content

मल्याङ्कोटमा हुर्केको मान्छे

दु:ख-पीडा, चोटै चोटमा हुर्केको मान्छे म त ।
गर्व गर्छु मल्याङ्कोटमा हुर्केको मान्छे म त ।

भिर-पाखा, बन-जंगल, ज्यग्दी-खोला तिर्,
यस्तै भौगोलिक बनोटमा हुर्केको मान्छे म त ।

कहिले उकाली कहिले ओराली अर्म-पर्म गर्दै,
यही भाग्यको लेखोटमा हुर्केको मान्छे म त ।

मकै-कोदो, आँटो-ढिडो अनि खोले-सिस्नु खाएर,
खरको छाप्रो, गाई गोठमा हुर्केको मान्छे म त ।

चाहे एक्लै पारुन् मलाई चाहे साथ दिउन् सबैले,
गाउँठाउँ चिनाउने अठोटमा हुर्केको मान्छे म त ।

—>> प्रकाश पौडेल जिज्ञासु ।
मल्याङ्कोट-१, स्याङ्जा । (हाल, बुटवल-रुपन्देही ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *