Skip to content

नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन आयोजना गर्ने विषयमा छलफल कार्यक्रम


नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन आयोजना गर्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

लसएन्जलस – गैरआवशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलको आयोजनामा शनिबार संयूक्तराज्य अमेरिकाको लसएन्जलसस्थित आर्टेशिया शहरमा कवि गोष्ठी तथा आउदो जुलाई महिनामा नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन आयोजना गर्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरसंगको सहकार्यमा गैरआवशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्धन कार्यदलले नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन संयूक्तराज्य अमेरिकाको लसएन्जलसमा आयोजना गर्न लागेको हो । शनिबार लसएन्जलसस्थित आर्टेशिया शहरमा आयोजित छलफलमा आगामी जुलाई महिनामा आयोजना गर्न प्रस्ताव गरिएको नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलनमा पूर्वीय जीवन पद्धति बारे स्वामी आनन्द अरुणको सहभागितामा कार्यशाला र ध्यान शिबिर, आनी छोयंग डोल्माको शान्ति संगीत यात्रा, विश्व ब्यापी प्रतियोगितात्मक कविता सम्मेलन, सकारात्मक सोचका अभियन्ता बरिष्ट संचारकर्मी विजयकुमार पाण्डे र एनआरएन अभियन्ताहरू डा. उपेन्द्र महतो र जीवा लामिछानेसंगको अन्तरक्रिया साथमा चर्चित कवि श्रवण मुकारुङ्गको एकल कविता वाचन जस्ता कार्यक्रमहरू समावेश गरिने लक्ष राखिएको आयोजक एवं कार्यदलका सदश्य शान्तिराम ढकालले जानकारी दिएका छन् ।

कार्यदलका सदश्य ढकालका अनुसार गैरआवशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलले संयूक्तराज्य अमेरिकाको लसएन्जलसमा आयोजना गर्न लागेको नेपाली भाषा तथा साहित्य सम्बन्धी सम्मेलन सम्पन्न गर्न निकट भविष्यमै तयारी समिति गठन गरी कार्य सुचारु गरिनेछ । गैरआवशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदश्य राजेन्द्र सिवाकोटीले एनआरएनको आयोजनामा नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन लसएन्जलसमा आयोजना गर्न पाउनु सुखद खबर भएको बताउदै लसएन्जलसका नेपालीले नेपाली सफल स्रष्टाहरूलाई स्वागत गर्न तयार रहेको प्रतिक्रिया दिए ।

छलफलमा गैर आवाशीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदश्य राजेन्द्र सिवाकोटी, एनआरएन अमेरिकाका महिला संयोजक उमा कार्की, सदश्य बलराम थापा, एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठ, महासचिव इन्दिरा त्रिपाठी, अन्तर्राष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरका डन बाहदुर कार्की, पत्रकार सुदिप पन्त, अग्नि चौलागाईं लगायतका स्थानीय साहित्य प्रेमी अगुवाहरूको उपस्थितिरहेको थियो । छलफलमा गैरआवशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलका सदश्य सचिव पुरुषोत्तम ढकालले नेपाली भाषा तथा साहित्य सम्बन्धी उत्तर अमेरिका विशेष सम्मेलन बारे जानकारी दिएका थिए । छलफल लगतै आयोजित कवि गोष्ठीमा स्थानीय सुशीला पाण्डे, डनबहादुर कार्की, शान्तिराम ढकाल, इन्दिरा त्रिपाठी, संगीता लम्साल (सिवाकोटी) लगायतका साहित्यकारहरूले कविता वाचन गरेका थिए । छलफल कार्यदलका सदश्य एवं अन्तर्राष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरका सभापति शान्तिराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *