Skip to content

नाघ्दै हिड्छु बारहरु


खिया लाग्दा टुट्छ भन्छन,संगीत दिने तारहरू
जित्दा खुशी लाग्दो हो भन्छन,सधै हार्ने हारहरू l

जित के हो जित्ने कसलाई,जित्ने अस्त्र कहाँ होला
हारनै जित हो आफै संग,हार भन्छन यारहरू l

उम्लिएर छ्चल्किदै,बहन्छ्न मनका भेलहरू
आफ्नै मनले बनाई हिड्छन,आफै बग्ने धारहरू l

हारको मजा चाखी हेर्न,गर्धन कति थाप्दै हिडु
सहन गार्हो हुदो रहेछ,आफ्नैले हान्ने मारहरू l

उपहास सहदै मर्म थाप्दा,धर्म हराउन लाग्यो
बलिदान दिन्छु जीवन बरु,नाघ्दै हिड्छु बारहरु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *