Skip to content

बन पाखामा लाली गुरास



बन पाखामा लाली गुरास फुलेकै देख्छु
कुलतमा परि मान्छे झुलेकै देख्छु

जिउदा यम राजहरु घुम्दै सहरमा
खुलेआम ड्रग्स बेची डुलेकै देख्छु ,

पापको बाध मानिसले जति थापे पनि
भरियर मनको बाध खुलेकै देख्छु

जुनकिरी झैं आन्धकारमा बाच्ने हरुपनि
नुन खुर्सानी संग बडी घुलेकै देख्छु ,

दु:ख कस्ट बाचुन्जेल जति पाए पनि
जिन्दगिले देको चॊटलाई भुलेकै देख्छु

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
feedback:[email protected],

Leave a Reply

Your email address will not be published. Required fields are marked *