Skip to content

अ फुल लेन्थ संङ्ग


…….

आफ्नै गीत बजेको सुन्दा लिक्कि लि कम्ता दङ्ग थिइन । समयको पाङ्रगो तातो कफिको छेवछाव अड्डिए जस्तो थियो । घडी आफ्नै अक्ष भुलेर घुम्दै थियो । एन्टिकल्क वाईज ।

म उसको सामुन्ने थिए । आखै झिमिक्क नगरी उसको ओठ हल्लिएको हेरिरहेको थिए ।

Oh I beg you.
Can I follow.
Oh I ask you
Why not always……

दि बेकरि क्याफे, कुमारिपाटि लाग्ने कुनामा सदा झैं आउने जानेलाई ख्यालै नगरी साँझमा सुस्ताउने तरखरमा थियो । उसले चिडिघरतिर देखाउँदै भनी “बुवाले त्यहाँ बाघलाई आहारा हाल्ने काम गर्नु हुन्थ्यो । उहाँलाई यो गीत खुबै मन पर्ने । गाइरहनु हुन्थ्यो ।”

I follow rivers… पार्श्वमा गीत बजिरहेकै थियो ।

उसले कफिको एक सुर्को तानेपछि भनी – “देशमा त्यतिबेला पञ्चायतिहरूको हालिमुहालि थियो । बुवा अन्ध भक्त्त भएर बाघको संगसँगै पञ्चायतिहरूको रखवालि गर्दै हुनुहुन्थ्यो । पछि क्रान्ति भयो ।” छोटाकथामा अविश्वसनीय बयान शैलिमा भनिए जस्तो कुरालाई बिचमै टुङ्गागाएर अर्कै कुरा थपि –

“अहिले पनि चिडियाघरका केही अबकाश-कर्मचारिहरू भन्छन् बुवालाई बाघले होइन पञ्चायतले खायो ।”

कुरा जटिल हुँदै गयो । लिले घाँटि भिजाउन छेवैको पानी तानि । म उसको कुरा पहिले सकियोस् भन्ने पर्खंदै थिए । त्यसदिन मेरो पनि उसलाई सुनाउन केही कुरा थिए । समय पर्खदै थिंए । हो, त्यतिखेरै घडीले आफ्नो अक्ष भुलेर एन्टिकल्क वाईज भयो ।

फेरि लिले बल गरेर कुरा खोलि । ” बाघले बुवालाई हाड पनि नराखि खाइदियो । उहाँ प्रति बफादार ती जंङ्गलि जनावरले त्यसरी बुवाको अन्त्य गर्लान भनेर भन्नै सकिंदैन ।”

यति भनेर अब ऊ चुपचाप हुन्छे । म उसलाई सधै जस्तो प्रेम प्रस्ताव राख्न्न उचित मौका कुरिरहन्छु ।

यसै गरी “I follow rivers” पनि बगिरहन्छ बेकरि क्याफेमा । घडीले आफ्नो अक्ष पहिल्याउन नसकेकोमा मलाई केही अम्मलसम्म खेद पनि छ । तर उसले आफ्नै गीत बजेको सुन्दा आफूलाई रोक्न सक्दिन र ऊ स्मृतिको आबृतिमा अनुग्रहित हुन चाहिरहन्छे ।

म उसको ओठहरू नाचिरहेको हेर्दा हुनसम्म खुसी हुन्छु । हामीहरू बिच सन्तुष्टिको अलगअलग पर्खाल छन् । ऊ आफ्नै सकसको पर्खालभित्र ओझेल पर्दै गइरहेकि छे । म आफ्नै उत्तेजनाको पर्खाल भित्र थुनिएको छु । सधैनै दिनको अनुप्रस्थ Oh I beg youबाट सुरु भई I follow youसम्म पुगेर सकिन्छ ।

ऊ भन्थि ऊसको बुवाले भने झैं संसारलाई फित्ता लगाएर नाप्नेहरू आफ्नै गज अनुमान लगाउन सक्दैनन् । आफ्नै उचाई नाप्न भ्याउँदैनन् । केही हदसम्म मेरो परिस्थिति अलग छैन ।

म उसलाई प्रेम प्रस्तावको लागि बकाईदा मौका कुर्दै हुनेछु र ऊ आफ्नो जासुसिको पन्नाहरूमा आफ्नै गीत रङ्गाउन ब्यस्त भइरहने छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *