Skip to content


आकाश चिरेर
धर्ती फोडेर
म प्रकट हुन सक्दिन

सक्ने भए,
ठिक – बलात्कार हुनलागेको ठाउँमा प्रकट हुन्थे
ठिक – भ्रष्टाचार हुदैगरेको ठाउँमा प्रकट हुन्थे
ठिक – आतंककारी बिस्फोटन हुनलागेको ठाउँमा प्रकट हुन्थे

यी सब घटनाहरू हुनबाट रोक्ने थिएँ

बिडम्बना…!
म केवल तिमीले पुज्ने
ढुंगा र धातुले बनेको मूति॔हरूमा सीमित भएँ

अफसोस…!
म चाहेर पनि मनुष्यको अन्तरात्मामा बस्न सकिन
बस्न सकेको भए,
यी सब घटनाहरू हुने थिएन
बार-बार दोहोरीरहने थिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *