ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा मिठा लहर खोज्दैछु
थाहा छैन के दिन्छौ तिमि जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु
ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा मिठा लहर खोज्दैछु
थाहा छैन के दिन्छौ तिमि जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु
बिसाउन सारा पल तिम्रो साथसंगै
अनौठो यो कस्तो रहर खोज्दैछु
सक्दिन होला ठुला ठुला महाल् त
त्यो मायालु मन बस्ने टहर खोज्दैछु
भन्छन मायामा छुट्टै आनन्द मिल्छ
त्यसैले तिम्रो साथ प्रहर प्रहर खोज्दैछु