सिल्पट भए सिद्धान्त खोक्रा छन नैतिकता
पैसासँगै ढुन्मुनिने कोक्रा छन नैतिकता
भित्र भित्रै ध्वान्द्रो पर्यो हेर्दा सर्लक्क छ
कति दिन टीकाँउछौ बोक्रा छन नैतिकता
बलत्कारी सीमापारि आफै भगाउछौ अनि
छारो हाल्न धोक्राका धोक्रा छन नैतिकता
रस जति प्वालबाट सबै झर्यो छानिएर
छपनिमा अड्किएका छोक्रा छन नैतिकता
तोयानाथ पौडेल
सँखुवासभा
हाल-मरुभूमिको छातीबाट