Skip to content


फूलहरु फूल जस्ता छैनन् यहाँ सुगन्ध हराएको
मित्रहरु मित्र जस्ता छैनन् यहाँ अन्जान भइसकेको
किन पृथक हुदैछन् यहाँ हरथोक मिसावटी जस्तो
सबै वजन्दार हुनखोज्छन् यहाँ तर मूल्य किन सस्तो?

समय उहीं ऋतुहरु उहीं दिनरात सबैछन् उस्तै
हिड्न छाडे गुडछन् पांग्रमा तर हत्तार सबैलाई उस्तै
घरबसी नेपाल देख्ने इन्टरनेटको पारखी प्राय: जसो
सबै वजन्दार हुनखोज्छन् यहाँ तर मूल्य किन सस्तो?

शहरिया हुने सबैको धोको गाउँ-घर हुदैछ खोक्रो
भित्रि आत्मा रोएर के भो र चाहिन्छ टल्कने बोक्रो
नखाई नखाई देखाउनै पर्ने यो फ्वाकें प्रवृति कस्तो?
सबै वजन्दार हुनखोज्छन् यहाँ तर मूल्य किन सस्तो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *